Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारको प्रथम नामावली प्रकाशन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०८३
  • 209
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो।

कांग्रेसको विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी कुल २४ जना पदाधिकारी रहने व्यवस्था छ। त्यसमध्ये सहमहामन्त्रीतर्फ चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनयन गर्ने प्रावधान रहेकाले महाधिवेशनबाट १९ जना पदाधिकारी निर्वाचित हुनेछन्।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार १९ जना निर्वाचित पदाधिकारीका लागि ७९ जनाले उम्मेदवारी दिएका छन्। सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। सभापतिमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र पूर्वक्षेत्रीय सभापति श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा रहेका छन्।

वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको छ। त्यस्तै, खुला उपसभापतिका दुई पदका लागि गोविन्द भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा. डा. चन्द्रमोहन यादव, दीपक गिरी, देवराज चालिसे, धनराज गुरुङ, मधु आचार्य, डा. मिनेन्द्रप्रसाद रिजाल र सुरेन्द्रराज पाण्डेले उम्मेदवारी दिएका छन्।

महिला उपसभापतिको एक पदका लागि पुष्पा भुसाल तथा समावेशी उपाध्यक्षको एक पदका लागि जीवन परियार, फरमुल्लाह मन्सुर, विनोदकुमार चौधरी, रञ्जित कर्ण र सीता गुरुङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

महामन्त्रीमा १० जनाको उम्मेदवारी

महामन्त्रीतर्फ पनि उल्लेख्य प्रतिस्पर्धा देखिएको छ। खुला महामन्त्रीका दुई पदका लागि अमरसिंह पुन, उदयशम्शेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्।

महिला महामन्त्रीको एक पदका लागि डा. डिला सङ्ग्रौला पन्त, महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाल प्रतिस्पर्धामा छन्।

सहमहामन्त्रीका विभिन्न समूहमा पनि प्रतिस्पर्धा

कांग्रेसमा विभिन्न समावेशी समूहका आधारमा सहमहामन्त्री चयन हुने व्यवस्था छ। महिला सहमहामन्त्रीको एक पदका लागि नानु बाँस्तोला र प्रतिमा गौतमको उम्मेदवारी परेको छ।

खुला सहमहामन्त्रीका दुई पदका लागि अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्र कँडेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गानाले उम्मेदवारी दिएका छन्।

आदिवासी जनजाति सहमहामन्त्रीको एक पदका लागि ओमबहादुर घर्तीमगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमान सिंह मास्के र बहादुरसिंह लामाको उम्मेदवारी परेको छ।

दलिततर्फको सहमहामन्त्री पदमा नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र लक्ष्मी परियारले उम्मेदवारी दिएका छन्।

मधेसी सहमहामन्त्री पदका लागि अजयकुमार चौरासिया, अभिषेकप्रताप शाह, किरण यादव, नागिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ताकुमारी यादव र रामपल्टन शाह प्रतिस्पर्धामा छन्।

खस–आर्यतर्फ जगदीश्वरनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतको उम्मेदवारी परेको छ।

थारूतर्फ तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी तथा मुस्लिमतर्फ अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. फिरदोस आलमले उम्मेदवारी दिएका छन्।

पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मीनबहादुर भाम र राजन कुँवरको उम्मेदवारी परेको छ।

त्यस्तै, अल्पसङ्ख्यक वा अपाङ्गतातर्फको सहमहामन्त्री पदका लागि आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकालीले उम्मेदवारी दिएका छन्।

केन्द्रीय सदस्यमा पनि ठूलो सङ्ख्यामा उम्मेदवारी

पदाधिकारीबाहेक विभिन्न समूह र क्लस्टरतर्फको केन्द्रीय सदस्य पदमा पनि उल्लेख्य सङ्ख्यामा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढेसँगै उम्मेदवारको अन्तिम सूची भने दाबीविरोध तथा आवश्यक प्रक्रियापछि सार्वजनिक हुनेछ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार प्रथम नामावलीमा कुनै दाबीविरोध भएमा त्यसका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्म समय तोकिएको छ। तोकिएको समयभित्र परेको दाबीविरोधमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा थप अगाडि बढेको छ। प्रारम्भिक उम्मेदवार सूचीले पार्टीको शीर्ष नेतृत्वदेखि विभिन्न समावेशी समूहका पदसम्म प्रतिस्पर्धा बहुआयामिक बनेको देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४