Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैन : विश्वप्रकाश शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०८३
  • 703
    SHARES

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय केवल संसदको गणित वा सत्ता–प्रतिपक्षको स्वार्थमा सिमित हुन नहुने बताउनुभयाे ।

काठमाडौंको खुलामञ्चमा आयोजित पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्दा सबै वर्ग, समुदाय र विगतका आन्दोलनका उपलब्धिहरूलाई जोगाउँदै राष्ट्रिय अपनत्व कायम गरिनुपर्नेमा जोड दिनुभएकाे छ ।

उपसभापति शर्माले संविधान कार्यान्वयनको १० वर्ष पुगेको सन्दर्भमा यसको समीक्षा र संशोधन गर्ने सरकारी कदमलाई स्वागत गर्दै सो प्रक्रिया व्यवस्थित र परिपक्व हुनुपर्ने बताउनुभयाे । शर्माले संविधान सभामा प्रतिनिधित्व गरेका तर हाल संसदमा नरहेका राजनीतिक दलहरूलाई पनि संशोधन प्रक्रियामा सहभागी गराउन सरकारसँग आग्रह गरे ।

शर्माले समसामयिक मुद्दाहरूलाई सम्बोधन गर्दै अहिलेका युवा पुस्ता (जेन–जी) ले उठाएका विषयहरूलाई समेत संशोधनको दायरामा समेट्न सकिने संकेत गर्नुभयाे । उनले विगतका मधेस आन्दोलन, थारुहट आन्दोलन, दलित समुदाय, जनजाति तथा कर्णाली जस्ता दुर्गम भूगोलले उठाएका र संविधानमा हाल अङ्कित गरिएका अधिकारहरू कुनै पनि हालतमा कुण्ठित हुन नहुने प्रष्ट पार्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘सरकारले संविधान संशोधनलाई व्यवस्थित, परिपक्व र संविधानले परिकल्पना गरेअनुसार अघि बढाउँदै १० वर्षपछिको मूल्याङ्कनका आधारमा प्रक्रिया अगाडि बढाउँछ भने हामी त्यसमा साथ दिन तयार छौँ । तर संविधान संशोधन सत्ता र प्रतिपक्षको चाहना वा संसद्को गणितमा मात्र सीमित हुनुहुँदैन । यो समग्र राष्ट्रिय सहमति, अपनत्व र सबै समुदायको भावनालाई समेट्ने विषय बन्नुपर्छ ।’

उपसभापति शर्माले सरकारको उक्त कार्यमा काँग्रेसको साथ रहने भएपनि त्यो प्रक्रिया पारदर्शी र सर्वस्वीकार्य हुनुपर्ने अडान राख्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४