Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आन्दोलन र निर्वाचनको तयारीमा जुट्ने एमालेको निर्णय, जारी गर्‍यो निर्देशिका


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १३ २०८३
  • 665
    SHARES

काठमाडौं । नेकपा (एमाले) ले पार्टी एकता, अनुशासन र मर्यादालाई केन्द्रमा राख्दै आन्तरिक बहस तथा छलफललाई व्यवस्थित गर्ने निर्णय गरेको छ ।
कोशी, वाग्मती, मधेस र उपत्यका विशेष प्रदेशका नेता तथा जिल्ला सचिवालय सदस्यहरूसँगको छलफलपछि पार्टीका सचिव शेरधन राईले बैठकका निर्णयबारे जानकारी दिएका हुन् ।

पार्टी विभाजनको हल्ला र अड्कलबाजीलाई खण्डन गर्दै एमालेले आगामी दिनका लागि दुई प्रमुख कार्यभार तय गरेको र त्यसलाई कार्यान्वयन गर्न १५ बुँदे कार्ययोजना पारित गरेको राईले बताए ।

उनका अनुसार पार्टीभित्र छलफल र बहस गर्न पाइने भए पनि आन्तरिक विषय सार्वजनिक गर्न नपाइने निर्णय गरिएको छ ।

‘तेस्रो पूर्ण बैठक पार्टीभित्र विभाजन हुने विभिन्न हल्ला र अड्कलबाजीलाई चिर्दै एकताबद्ध रूपमा सर्वसम्मतिले महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पार्टी एकता, अनुशासन र मर्यादालाई केन्द्रमा राख्दै आन्तरिक बहस र छलफल गर्न सकिने तर पार्टीभित्रका विषय बाहिर सार्वजनिक गर्न नपाइने निर्णय गरेको छ,’ राईले भने ।

एमालेले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पहिलो कार्यभारका रूपमा लोकतन्त्र, संविधान, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्ने तथा लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गरी आन्दोलन अघि बढाउने निर्णय गरेको छ ।

सुकुम्बासी बस्तीमा डोजर चलाइएको विषय, ट्रेड युनियनमाथिको नियन्त्रण र बढ्दो महँगीलगायत विषयलाई लिएर लोकतान्त्रिक शक्तिहरूसँग साझा मोर्चा बनाएर अघि बढ्ने रणनीति एमालेले तय गरेको राईले बताए ।

दोस्रो कार्यभार आगामी वैशाखमा हुने भनिएको निर्वाचनलाई केन्द्रित गर्दै पार्टीका गतिविधि अघि बढाउने रहेको छ । निर्वाचन केन्द्रित गतिविधिलाई प्रभावकारी बनाउन बैठकले १५ बुँदे कार्ययोजना पारित गरेको एमालेले जनाएको छ ।

राईका अनुसार तेस्रो पूर्ण बैठकका निर्णय पार्टी पङ्क्तिमा सम्प्रेषण गर्न प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूको संयुक्त भर्चुअल भेला आयोजना गरिएको हो ।

‘पहिलो, लोकतन्त्र, संविधान, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्दै लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गरी आन्दोलन अघि बढाउने । दोस्रो, आगामी निर्वाचनलाई केन्द्रित गर्दै पार्टीका गतिविधि अघि बढाउने । यी दुई कार्यभार पूरा गर्न बैठकले १५ वटा महत्वपूर्ण कामसमेत तय गरेको छ,’ उनले भने ।

अध्यक्ष केपी शर्मा ओलीले बैठकबाट तय भएका कार्यभार र कार्ययोजनालाई तल्लो तहसम्म प्रभावकारी रूपमा सम्प्रेषण गर्न अगुवा नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४