Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा विपद् पूर्वतयारी तीव्र


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ९ २०८३
  • 1K
    SHARES

काठमाडौं । लगातार वर्षा भइरहेको र थप भारी वर्षाको सम्भावना रहेकाले कञ्चनपुरमा सम्भावित बाढी, डुबान तथा अन्य विपद्का जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी जोखिमयुक्त क्षेत्रको निगरानी बढाएको छ। नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय र डुबान प्रभावित क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार जिल्लाको मौसम तथा जोखिमको अवस्था निरन्तर निगरानीमा राखिएको छ। आवश्यक परे तत्काल उद्धार तथा राहतका लागि जनशक्ति परिचालन गर्ने गरी तयारी गरिएको छ। सर्वसाधारणलाई जोखिमसम्बन्धी सूचना समयमै पुर्‍याउन सञ्चारमाध्यम, सामाजिक सञ्जाल र माइकिङमार्फत जानकारी दिने कामसमेत भइरहेको उहाँले बताउनुभयो।

सुरक्षा निकायले पनि उद्धार टोली तथा आवश्यक उपकरण तयारी अवस्थामा राखेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार पुनर्वास, बेलौरी, दोधारा चाँदनी, भीमदत्त र शुक्लाफाँटामा रबर बोटसहितका तालिमप्राप्त उद्धार टोली तयारी अवस्थामा राखिएको छ।

स्थानीय तहहरूले पनि सम्भावित बाढी तथा डुबानलाई मध्यनजर गर्दै जनशक्ति, उपकरण र सुरक्षित आश्रयस्थलको व्यवस्थापनमा जोड दिएका छन्। भीमदत्त नगरपालिकाले सामुदायिक विपद् व्यवस्थापन समिति, उत्थानशील युवा सञ्जाल तथा नागरिक वैज्ञानिकलाई तयारी अवस्थामा राखेको जनाएको छ।

वेदकोट नगरपालिकाले नगर प्रहरी, जेसीबी तथा एम्बुलेन्स चालकसहित सुरक्षा निकायसँग समन्वय बढाएको छ। पुनर्वास नगरपालिकाले पनि सामुदायिक विपद् व्यवस्थापन समिति र युवा सञ्जाललाई तयारी अवस्थामा राख्दै जोखिमसम्बन्धी सूचना समुदायसम्म पुर्‍याउने व्यवस्था मिलाएको छ।

यसैबीच, महाकाली तटीय क्षेत्रका सामुदायिक विपद् व्यवस्थापन समितिले पनि आकस्मिक बैठक गरी जोखिमयुक्त बस्तीको अवस्था पहिचान र पूर्वतयारी थालेका छन्। समितिहरूले माइकिङ गर्दै सुरक्षित आश्रयस्थल पहिचान गर्नुका साथै आवश्यक खाद्यान्न, म्याट तथा खाना पकाउने सामग्रीको व्यवस्थासमेत गरेका छन्।

दोधारा चाँदनी–३ पटराखल्लामा डुबानको जोखिम बढेपछि केही घरधुरीको खाद्यान्न तथा आवश्यक सामग्री जमुना आधारभूत विद्यालयमा सारिएको छ। यस्तै, वडा नम्बर १० कुतियाकबरका स्थानीयले पनि खाद्यान्न, प्राथमिक उपचारका सामग्री र महत्वपूर्ण कागजात सेफ हाउसमा सुरक्षित राखेका छन्।

वर्षा जारी रहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भन्दै प्रशासनले तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। नदी तथा खोलाको किनारमा नजान, जोखिमपूर्ण यात्रा नगर्न तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचना पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४