Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०८३
  • 912
    SHARES

काठमाडौं — काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले निर्णय गरेपछि शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको मन्त्रालयले जनाएको छ। पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो।

शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा लगायतका पदाधिकारी आर्यघाट पुगेर शर्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयमा शर्माको सम्मानमा शोक पुस्तिका राखिएको थियो।

मन्त्री पोखरेलले शर्माको निधनले नेपालको शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए। उनले शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा काठमाडौं विश्वविद्यालय परिवारप्रति मन्त्रालयका तर्फबाट समवेदना व्यक्त गरे।

पोखरेलले काठमाडौं विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्ने शर्माको सपना पूरा गर्न सरकार अघि बढिरहेको जानकारी दिए। उनले विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजान आवश्यक ऐन संशोधनको मस्यौदा तयार भइसकेको र चाँडै संसद्मा विधेयक लैजाने बताए।

नेपालको उच्च तथा प्राविधिक शिक्षा विकासका अग्रणी व्यक्तित्वका रूपमा परिचित शर्मा लामो समय काठमाडौं विश्वविद्यालयको नेतृत्वमा रहेका थिए। उनको नेतृत्वमा विश्वविद्यालयलाई स्वायत्त, गुणस्तरीय तथा अन्तर्राष्ट्रिय पहिचान भएको शैक्षिक संस्थाका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुगेको बताइन्छ।

बेलायतबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका सिन्धुलीका शर्मा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुँदै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का संस्थापक निर्देशकसमेत बनेका थिए। उनले जुम्ला, दोलखाको जिरी, सिन्धुली र धनकुटालगायतका क्षेत्रमा प्राविधिक शिक्षा विस्तारमा योगदान दिएका थिए।

शर्माको बुधबार निधन भएको थियो। उनको निधनसँगै नेपालको उच्च तथा प्राविधिक शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्‍याएका एक अग्रणी शिक्षाविद्को निधन भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४