Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यापकटलाई कडा टक्कर दिँदै एडोबी, एन्ड्रोइडमा आयो वाटरमार्कबिना फोरके भिडिओ एडिट गर्न मिल्ने एप


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । सफ्टवेयर निर्माता कम्पनी एडोबीले आईओएस (आईफोन) मा ल्याएको एक वर्षपछि एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि आफ्नो भिडिओ एडिटिङ एप ‘एडोबी प्रिमियर’ उपलब्ध गराएको छ । पछिल्लो समय मोबाइल भिडिओ एडिटिङमा चर्चामा रहेको ‘क्यापकट’लाई कडा टक्कर दिने दाउमा एडोबीले आफ्ना आधारभूत एडिटिङ फिचर निःशुल्क उपलब्ध गराउँदै यो एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको हो ।

यस एपमार्फत प्रयोगकर्ताले शुल्क नतिरेरै भिडिओ स्प्लिट, ट्रिम, क्रप र मर्ज गर्न सक्नेछन् । साथै भिडिओको स्पिड नियन्त्रण गर्ने, टेक्स्ट तथा विभिन्न इफेक्ट थप्ने र भ्वाइसओभर सहित अडियो लेयर राख्ने सुविधा पनि निःशुल्क दिइएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा प्रयोगकर्ताले कुनै पनि शुल्क नतिरी र कुनै पनि वाटरमार्क बिना नै आफूलाई चाहिएको साइजमा असीमित रूपमा फोरके रेजोलुसनमा भिडिओ एक्सपोर्ट गर्न पाउनेछन् ।

यद्यपि, यसका जेनेरेटिभ एआई फिचर चलाउनका लागि भने इन-एप पर्चेजमार्फत शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । एआईको सहयोगमा साउन्ड इफेक्ट तयार पार्न तथा ‘एडोबी फायरफ्लाई’का एसेट प्रयोग गर्न जेनेरेटिभ एआई क्रेडिट र थप क्लाउड स्टोरेज किन्नुपर्ने हुन्छ । यो एप मोबाइलमा इन्स्टल गर्नका लागि प्रयोगकर्ताको डिभाइसमा कम्तीमा एन्ड्रोइड १३ भर्सन र न्यूनतम ५ जीबी र्‍याम हुनुपर्नेछ । एप इन्स्टल गर्न यहाँ क्लिक गर्नुहोस् ।

यसअघि मोबाइल प्रयोगकर्ताका लागि भिडिओ एडिटिङमा क्यापकटको व्यापक प्रयोग हुने गरेको थियो । सुरुवाती समयमा क्यापकटले वाटरमार्क बिना नै निःशुल्क प्रयोग गर्न दिने गरेको भए तापनि पछिल्लो समय यसमा वाटरमार्क आउने र अधिकांश फिचर ‘प्रो’ (सशुल्क) बनाइएका छन् । तर, एडोबीले भने क्यापकटको बजार खोस्ने रणनीतिसहित सुरुवाती समयमै अधिकांश फिचर वाटरमार्कबिना निःशुल्क उपलब्ध गराएको हो ।

यो एप विशेषगरी युट्युब शर्ट्स, टिकटक र इन्स्टाग्राम रिल्स बनाउनेलाई लक्षित गरेर ल्याइएको देखिन्छ । यसमा भएका टेम्प्लेट युट्युब केन्द्रित छन् भने कुन प्लेटफर्मका लागि कुन रेजोलुसनको भिडिओ बनाउने भन्ने विकल्प यसको एस्पेक्ट रेसियोमै देखिन्छ । एपमा ट्रान्जिसन र फिल्टरका दर्जनौं विकल्प उपलब्ध छन् भने कुनै पनि स्टिल फोटोलाई मोसन दिने दर्जनौं इफेक्ट पनि अहिलेसम्मका लागि निःशुल्क प्रयोग गर्न सकिने सुविधा छ ।

त्यस्तै एपभित्रै दर्जनौं निःशुल्क म्युजिक र साउन्ड ट्र्याक उपलब्ध गराइएको छ जसलाई प्रयोगकर्ताले आफ्नो भिडिओमा सजिलै प्रयोग गर्न सक्छन् । हालका लागि यसमा फन्टको विकल्प धेरै छैन र सफ्टवेयरको जस्तो बाहिरबाट कस्टम फन्ट प्रयोग गर्ने सुविधा पनि दिइएको छैन । त्यसैले नेपाली टेक्स्ट (देवनागिरी) प्रयोग गर्ने प्रयोगकर्ताले अहिलेका लागि डिफल्ट एन्ड्रोइड फन्ट नै प्रयोग गर्नुपर्ने वाध्यता छ ।

यद्यपि, कम्पनीले छिट्टै एडोबी फन्ट्स, क्याप्सन तथा मोबाइल र डेस्कटप (प्रिमियर प्रो) बीच सहजै प्रोजेक्ट सारेर एडिट गर्न सकिने नयाँ अपडेट थप्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४