Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काजीबहादुर खड्का ‘दिनेश’ महाधिवेशन प्रतिनिधिका उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०८३
  • 760
    SHARES

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्लाबाट खस–आर्यतर्फ महाधिवेशन प्रतिनिधिका लागि काजीबहादुर खड्का ‘दिनेश’ले उम्मेदवारी दिएका छन्।

खड्का नेपाल तरुण दल रामेछापका अध्यक्ष तथा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष हुन्। स्थानीय तहको नेतृत्वसँगै नेपाली कांग्रेसको संगठन तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका खड्काले १५औँ महाधिवेशनमा खस–आर्यतर्फबाट महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका हुन्।

खड्काको उम्मेदवारीलाई समर्थन गर्दै गोकुलगंगा गाउँपालिका–५, नामाडीका क्षेत्रीय प्रतिनिधिले रामेछाप जिल्लाका ६४ वटै वडाका वडा सभापति, सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा ८ वटै नगरपालिका तथा गाउँपालिका सभापतिहरूलाई आफ्नो अमूल्य मत प्रदान गरी खड्कालाई विजयी गराउन अपिल गरेका छन्।

समर्थकले खड्कालाई रामेछाप कांग्रेसका युवाहरूको आशा र भरोसाका रूपमा प्रस्तुत गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउन उहाँको उम्मेदवारी महत्वपूर्ण रहेको बताएका छन्।

रामेछापमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा पालिका तहका अधिवेशन सम्पन्न हुने क्रमसँगै महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ। जिल्लाबाट विभिन्न समूह तथा क्लस्टरबाट महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।

काजीबहादुर खड्का ‘दिनेश’को उम्मेदवारीसँगै रामेछाप कांग्रेसको खस–आर्यतर्फ महाधिवेशन प्रतिनिधि चयनका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४