Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव गुटेरेससँग न्युयोर्कमा भेटवार्ता गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०८३
  • 988
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन न्युयोर्क पुग्नुभएको छ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् आज संयुक्त राष्ट्रसंघको महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपालका परराष्ट्र मन्त्रालयका अनुसार उहाँले महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता पनि गर्नुहुनेछ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सामान्य बहस सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन भइरहेको छ।

प्रधानमन्त्री शाहले महासभामा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको गम्भीर असरबारे नेपालको धारणा राख्ने तयारी गर्नुभएको छ। विशेषगरी हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायुजन्य विपद् तथा त्यसबाट भएको क्षति लगायतका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी रहेको छ।

नेपालले बढी कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु संकटको असर बढी भोगिरहेका नेपालजस्ता न्यून उत्सर्जन गर्ने मुलुकलाई न्यायपूर्ण सहयोग उपलब्ध गराउनुपर्ने विषयमा जोड दिँदै आएको छ।

प्रधानमन्त्री शाहको सम्बोधनमा भोटेकोशी बाढी तथा जलवायुजन्य विपद्, जलवायुजन्य क्षतिको क्षतिपूर्ति, आर्थिक तथा अन्तर्राष्ट्रिय सहयोग, हिमाली मुलुकका समस्या, न्यून कार्बन उत्सर्जन गर्ने देशको अवस्था र नेपालको वातावरणीय योगदान लगायतका विषय उठ्ने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपालमा आएको विपद्पछि हिमाली क्षेत्रमा जलवायुजन्य जोखिमबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने विषय पनि प्राथमिकतामा परेको छ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा जनाएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको यस वर्षको मुख्य विषय “विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन र सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ” रहेको छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलले महासभाका विभिन्न उच्चस्तरीय कार्यक्रम तथा बैठकमा सहभागिता जनाउनेछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४