Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्नपूर्ण स्पाइकर किङ्सको ‘च्याम्पियन ट्रफी टुर’ सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ५ २०८३
  • 570
    SHARES

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन बनेको अन्नपूर्ण स्पाइकर किङ्सले ‘च्याम्पियन्स अफ नेपाल भलिबल लिग ट्रफी टुर’ सम्पन्न गरेको छ। नेपाली भलिबलको उपलब्धिलाई समर्थक तथा खेलप्रेमीमाझ पुर्‍याउने उद्देश्यसहित आयोजना गरिएको ट्रफी टुर गण्डकी प्रदेशका विभिन्न प्रमुख स्थान हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुगेको हो।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा आयोजना गरिएको ट्रफी टुरका क्रममा एनभीएलको पहिलो संस्करणमा अन्नपूर्ण स्पाइकर किङ्सले जितेको च्याम्पियन ट्रफीलाई गण्डकी प्रदेशका विभिन्न स्थानमा पुर्‍याइएको थियो। ट्रफीलाई अन्नपूर्ण आधार शिविरसम्म लगेर नेपाली भलिबलको सफलता र च्याम्पियन टोलीको उपलब्धिलाई विशेष रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

ट्रफी टुरमार्फत खेलाडी र टोलीले हासिल गरेको सफलता समर्थकहरूसँग प्रत्यक्ष रूपमा जोड्ने प्रयास गरिएको थियो। साथै नेपाली भलिबलप्रति आम दर्शकको रुचि बढाउने, खेल संस्कृतिलाई प्रवर्द्धन गर्ने तथा राष्ट्रियस्तरमा भलिबलको लोकप्रियता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

नेपालमा पछिल्लो समय भलिबलप्रति बढ्दै गएको आकर्षणलाई थप विस्तार गर्न यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेषगरी च्याम्पियन ट्रफीलाई विभिन्न स्थानमा पुर्‍याउँदा स्थानीय खेलप्रेमी तथा समर्थकले आफ्नो क्षेत्रमा नै ट्रफी हेर्ने र च्याम्पियन टोलीको सफलतासँग जोडिने अवसर पाएका छन्।

एनभीएलको पहिलो संस्करणको फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजसँग प्रतिस्पर्धा गरेको थियो। उक्त फाइनल खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई सोझो सेटमा ३–० ले पराजित गर्दै उपाधि जितेको थियो।

उपाधि जितेसँगै अन्नपूर्ण स्पाइकर किङ्सले २० लाख रुपैयाँ नगद पुरस्कारसमेत प्राप्त गरेको थियो। पहिलो संस्करणमै उपाधि जितेको टोलीले च्याम्पियन ट्रफीलाई देशका विभिन्न स्थान हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुर्‍याएर आफ्नो सफलतालाई समर्थकहरूसँग साझा गरेको हो।

आयोजकका अनुसार ‘च्याम्पियन्स अफ नेपाल भलिबल लिग ट्रफी टुर’ केवल उपाधि प्रदर्शन गर्ने कार्यक्रम मात्र नभई नेपाली भलिबलको विकास, खेलाडीको सम्मान र खेलप्रतिको जनचासो बढाउने अभियानका रूपमा समेत अघि बढाइएको हो। आगामी दिनमा पनि नेपाली भलिबलको प्रवर्द्धन र खेल संस्कृतिको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४