Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२८ वर्षे अनुभव भएका दीर्घायु श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०८३
  • 798
    SHARES

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो ।

श्रेष्ठ यसअघि प्राधिकरणमा कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । लामो समयदेखि विद्युत् उत्पादन, प्रसारण, वितरण तथा ग्रिड सञ्चालन क्षेत्रमा काम गर्दै आएका उनी अब प्राधिकरणको स्थायी नेतृत्वमा पुगेका छन् ।

सन् १९९७ नोभेम्बरमा नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियरका रूपमा प्रवेश गरेका श्रेष्ठसँग विद्युत् क्षेत्रको २८ वर्षभन्दा बढी अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयको पुल्चोक क्याम्पसबाट सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर तथा भारतको अलीगढ मुस्लिम विश्वविद्यालयबाट विद्युत् इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।

प्राधिकरणभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठले लोड डिस्प्याच सेन्टरमा सिस्टम अपरेटर, काठमाडौं पूर्व वितरण केन्द्रमा सहायक प्रबन्धक, विभिन्न वितरण केन्द्रका प्रमुख, हेटौंडा ग्रिड डिभिजन प्रमुख, कालीगण्डकी जलविद्युत् केन्द्र प्रमुख, अत्तरिया, हेटौंडा र काठमाडौं क्षेत्रीय कार्यालय प्रमुखलगायतका जिम्मेवारी निर्वाह गरेका छन् ।

त्यसपछि उनी ग्रिड सञ्चालन विभागको निर्देशक, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक तथा वितरण तथा उपभोक्ता सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक बनेका थिए । गत वैशाखदेखि उनी कामु कार्यकारी निर्देशकका रूपमा प्राधिकरणको नेतृत्व गर्दै आएका थिए ।

ऊर्जा पूर्वाधार विकास, प्रसारण लाइन विस्तार, विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा अन्तरदेशीय विद्युत् व्यापारका क्षेत्रमा अनुभव बटुलेका श्रेष्ठलाई प्राधिकरणभित्र नीतिगत योजना निर्माण र कार्यान्वयनमा दक्ष अधिकारीका रूपमा चिनिन्छ । उनले ठूला ऊर्जा परियोजनाको योजना, कार्यान्वयन, अनुगमन तथा व्यवस्थापनमा समेत काम गरेका छन् ।

सरकारले विद्युत् क्षेत्रको नेतृत्वमा अनुभवी प्राविधिकलाई जिम्मेवारी दिएको भन्दै ऊर्जा क्षेत्रका जानकारहरूले यस नियुक्तिलाई महत्त्वपूर्ण रूपमा हेरेका छन् । विद्युत् उत्पादन वृद्धि, प्रसारण पूर्वाधार विस्तार, प्रणालीको विश्वसनीयता सुधार तथा क्षेत्रीय ऊर्जा सहकार्यलाई अगाडि बढाउने चुनौती अब श्रेष्ठको काँधमा आएको छ ।

प्राधिकरणको नेतृत्व सम्हालेसँगै उनले बढ्दो विद्युत् उत्पादनको व्यवस्थापन, आन्तरिक खपत विस्तार, निर्यात बजार सुदृढीकरण र वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ । नेपाल विद्युत् प्राधिकरण आगामी वर्षहरूमा ऊर्जा क्षेत्रको रूपान्तरणको केन्द्रमा रहेकाले श्रेष्ठको नेतृत्वलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४