Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्तिकाे अन्त्य हुनुपर्छ: उपाध्यक्ष पन्त


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०८३
  • 741
    SHARES

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करण विमोचन समारोहमा बोल्दै उपाध्यक्ष पन्तले कुनै एक देश वा शक्तिको हैकममा विश्व सञ्चालन हुने अवस्था स्वीकार गर्न नहुने धारणा राख्नुभएको हो।

पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गर्दै नेपाली समाजमा विभिन्न धर्म मान्ने भए पनि भगवान् बुद्धप्रति विशेष सद्भाव, आस्था र विश्वास रहेको बताउनुभयो। उहाँले बुद्धका विचारले शान्ति, सहअस्तित्व र आपसी सम्मानको सन्देश दिने उल्लेख गर्नुभयो।

उहाँले हालै भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेका विचार ग्लोबल साउथका देशहरूका लागि महत्वपूर्ण रहेको बताउनुभयो। पन्तले ‘बलियाको नै जित हुनुपर्छ’ भन्ने मान्यता स्वीकार्य नहुने धारणा व्यक्त गर्नुभयो।

पन्तका अनुसार शक्तिशाली देशले आफूले भनेको नमान्ने साना देशमाथि आक्रमण गर्ने वा दबाब सिर्जना गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। उहाँले शक्ति र प्रभावका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै समानता र आपसी सम्मानमा आधारित सम्बन्ध आवश्यक रहेको बताउनुभयो।

विश्वमा अहिले व्यापार तथा ट्यारिफसम्बन्धी विवादसमेत देखिएको उल्लेख गर्दै पन्तले अन्तर्राष्ट्रिय सम्बन्धलाई केवल शक्ति र प्रभावका आधारमा अघि बढाउने प्रवृत्तिको विकल्प खोजिनुपर्ने धारणा राख्नुभयो।

उहाँले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्लेटफर्मलगायत नयाँ प्रविधिको प्रयोगका विषयमा पनि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभयो। प्रविधिको विकास र प्रयोगमा समेत कुनै एक देश वा शक्तिको एकाधिकार कायम हुने अवस्था स्वीकार गर्न नहुने उहाँको भनाइ थियो।

पन्तले ग्लोबल साउथका देशहरूले समानता, आपसी सम्मान र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो।

यसै अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण सार्वजनिक गरिएको हो। ताङ वंशका बौद्ध भिक्षु तथा यात्रु ह्वेनसाङले लेखेको यस ऐतिहासिक अभिलेखमा तत्कालीन दक्षिण एसियाको भूगोल, इतिहास, सामाजिक जीवन तथा धार्मिक–सांस्कृतिक अवस्थाबारे विवरण समेटिएको छ। नेपाली संस्करणले नेपाल–चीनबीचको प्राचीन ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धबारे अध्ययन गर्न थप सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४