Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजनाः अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०८३
  • 741
    SHARES

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोवल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष दाहालले यस्ताे बताउनुभएकाे हाे । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गर्नुभयाे।

अध्यक्ष दाहालले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको बताउनुभएकाे छ। उहाँले करिब १४ सय वर्षअघि चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भू-भागबीच सम्पर्क स्थापित गरेको प्रसंगलाई आजको समयमा सडक सञ्जालमार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गर्नुभयो ।

अध्यक्ष दाहालले बीआरआईलगायतका सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने बताउनुभएकाे छ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित, सहकार्य र समृद्धिको दिशामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको बताउनुभयाे। व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा नेपाल र चीनबीच उल्लेखनीय प्रगति भएको उहाँकाे भनाइ छ ।

अध्यक्ष दाहालले चीन नेपालका लागि असल छिमेकीसँगै महत्वपूर्ण लगानीकर्ता तथा विकास साझेदारका रूपमा रहेको बताउनुभयो ।उहाँले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने बताउनुभएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४