Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, आज आर्थिक सहकार्यबारे छलफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०८३
  • 494
    SHARES

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटघाटमा सहभागी हुँदै छन्। तीनदिने भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका अर्थमन्त्री वाग्लेले नेपाल–भारत आर्थिक तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको पहिलो दिन बिहीबार नै अर्थमन्त्री वाग्लेले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा नेपाल–भारतबीचको आर्थिक सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।

भ्रमणको दोस्रो दिन आज बिहान ९ बजे पूर्वभारतीय विदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुँदै छन्। नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने उक्त कार्यक्रममा अर्थमन्त्री वाग्लेले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, आज साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग अर्थमन्त्री वाग्लेको भेटवार्ता हुने कार्यक्रम छ। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य तथा द्विपक्षीय चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

अर्थमन्त्री वाग्लेले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले भारत मण्डपममा आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा समेत सहभागिता जनाउने भएका छन्। उक्त कार्यक्रममा नेपाल–भारतबीचको आर्थिक सहकार्यका विभिन्न आयामबारे उच्चस्तरीय छलफल हुने बताइएको छ।

अर्थमन्त्रीको भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास नयाँदिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।

अर्थमन्त्री वाग्लेको भ्रमणलाई नेपाल–भारतबीचको आर्थिक सहकार्य, व्यापार तथा लगानीका विषयमा संवाद अघि बढाउने अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिसँग हुने छलफलमा द्विपक्षीय आर्थिक सम्बन्धका विभिन्न पक्षमा कुराकानी हुने बताइएको छ।

भ्रमणको तेस्रो तथा अन्तिम दिन शनिबार अर्थमन्त्री वाग्ले नेतृत्वको प्रतिनिधिमण्डलले निजी क्षेत्र तथा अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ। ती भेटघाट सम्पन्न गरेपछि प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४