Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०८३
  • 722
    SHARES

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी अर्थमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा बिहीबार अपराह्न ५ बजे दुई अर्थमन्त्रीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपाल र भारतबीचको आर्थिक तथा वित्तीय सम्बन्ध, आपसी सहकार्य र दुई देशबीच आर्थिक क्षेत्रमा अघि बढाउन सकिने सम्भावित सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको थियो । दुवै पक्षबीच आर्थिक विकास, लगानी, व्यापार तथा वित्तीय सहकार्यका विषयमा विचार आदानप्रदान भएको बताइएको छ ।

नेपाल र भारतबीच लामो समयदेखि व्यापार, लगानी, ऊर्जा तथा पूर्वाधारलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ । दुई देशका अर्थमन्त्रीबीच भएको पछिल्लो भेटवार्तालाई आर्थिक सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा उच्चस्तरीय छलफलका रूपमा हेरिएको छ ।

भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय सरकारका सम्बन्धित अधिकारी तथा अन्य सरोकारवालासँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपालले भारतसँग आर्थिक सहकार्य विस्तार, व्यापार सहजीकरण तथा विकासका क्षेत्रमा थप साझेदारीका विषयलाई प्राथमिकतामा राख्दै आएको छ ।

भेटवार्तामा सहभागी दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरूले नेपाल–भारत आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४