Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अख्तियार प्रतिवेदन : दश वटा मन्त्रालयको भ्रष्टाचार उजुरी बढी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०८३
  • 1K
    SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय सरकारका १० वटा मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै परेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि आयोगमा आयोजित पत्रकार सम्मेलमा आर्थिक वर्ष २०८२/०८३ मा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित सवैभन्दा धेरै उजुरी परेको जानकारी दिइयो । ती मन्त्रालयहरुसंग सम्बन्धित उजुरी ३ हजार ३६ वटा उजुरी रहेको छ ।

केन्द्र सरकारसंग सम्बन्धि १५ हजार ५१२ उजुरीमध्ये १९ प्रतिशतभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित रहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताउनुभयो । त्यस्तै शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित १९ सय ८३, गृह मन्त्रालयसँग सम्बन्धित १७ सय ५७, पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित १ हजार ९५, अर्थ मन्त्रालयसँग सम्बन्धि ८७७ र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धि ८१६ वटा उजुरी परेको पनि आयोगले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसँग सम्बन्धित ६५७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित ५६३, कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित ५४८ र सूचना र सञ्चार मन्त्रालयसँग सम्बन्धित ३९९ वटा उजुरी आयोगमा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानले गत आर्थिक वर्षमा अन्य मन्त्रालयसँग सम्बन्धित ३ हजार ७८१ उजुरी दर्ता भएको जानकारी दिनुभयो ।

प्रतिवेदनमा स्थानीय तहहरुमा भ्रष्टाचार बढ्ने क्रम झन् तीब्र भएको पनि उल्लेख छ । आयोगले आज ४६९ पृष्ठको छत्तीसौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४