Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०८३
  • 855
    SHARES

काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् केन्द्रमा भोटेकोशी नदीमा आएको बाढीपछि फसेका पाँच कर्मचारीको शव पहिचान गरी आज सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार बाढीपछि जलविद्युत् केन्द्रभित्र फसेका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव फेला परेको थियो ।

उनीहरूको शवको पहिचान भएपछि परिवारजनलाई हस्तान्तरण गरिएको हो । केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार अपराह्न पाँचै जनाको शव फेला परेको प्रबन्ध निर्देशक महर्जनले जानकारी दिए ।

केन्द्रभित्र फेला परेका शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोट लगिएको थियो । आवश्यक प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाइएको हो ।

नेपाली सेनाको नेतृत्वमा उद्धार

बाढीपछि जलविद्युत् केन्द्रमा फसेका कर्मचारीको खोज तथा उद्धारका लागि नेपाली सेनाको बाहिनीपतिको कमाण्डमा सुरक्षा निकाय तथा प्राविधिक टोली परिचालन गरिएको थियो ।

उद्धार कार्यमा भारतीय सेना, सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत खटिएका थिए । अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको जलविद्युत् केन्द्रभित्र खोजी तथा उद्धारका लागि टोलीले निरन्तर प्रयास गरेको थियो ।

भोटेकोशी नदीमा आएको बाढीले चिलिमे जलविद्युत् केन्द्रको संरचनामा ठूलो क्षति पु¥याएको छ । बाढीको तीव्र बहावका कारण केन्द्रको महत्वपूर्ण संरचना ध्वस्त भएको जनाइएको छ ।

बाढीले जलविद्युत् केन्द्रको संरचना ध्वस्त

चिलिमे जलविद्युत् केन्द्रका प्रबन्ध निर्देशक महर्जनका अनुसार भोटेकोशी नदीको सतहबाट करिब २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म बाढीको पानी पुगेको थियो ।

बाढीका कारण सुरुङ पुरिनुका साथै ११ मेगावाट क्षमताका दुईवटा टर्बाइनसहित जलविद्युत् केन्द्रको सम्पूर्ण संरचनामा ठूलो क्षति पुगेको छ ।

अत्यधिक ठूलो परिमाणमा आएको बाढीले विद्युत् उत्पादनसँग सम्बन्धित संरचनामा क्षति पु¥याएपछि केन्द्रको नियमित सञ्चालन प्रभावित भएको छ । क्षतिको विस्तृत विवरण सङ्कलन तथा संरचनाको अवस्थाबारे थप मूल्याङ्कन गर्ने काम भइरहेको छ ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवा जिल्लाका विभिन्न क्षेत्रमा समेत ठूलो क्षति पु¥याएको छ । सडक, पुल, विद्युत् संरचना तथा स्थानीय पूर्वाधारमा क्षति पुगेपछि उद्धार, राहत तथा पुनःस्थापनाका काम चुनौतीपूर्ण बनेका छन् ।

खोज तथा उद्धारसँगै राहत वितरण जारी

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको काम निरन्तर भइरहेको छ ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न एक महिनाको समय तोकेर कार्यादेशसहित २५ सदस्यीय समिति गठन गरिएको उनले जानकारी दिए ।

समितिले जिल्लाका विभिन्न क्षेत्रमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गरी आवश्यक प्रक्रिया अघि बढाउनेछ ।

बाढीका कारण कतिपय स्थानमा आवतजावतसमेत प्रभावित भएकाले नदीमाथि तुइन तथा फड्के निर्माण गरी स्थानीयवासीको आवागमन सहज बनाउने प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

महामारी रोकथामका लागि स्वास्थ्य टोली परिचालन

बाढीपछि पानी तथा सरसफाइमा समस्या उत्पन्न हुन सक्ने भएकाले सम्भावित महामारीको जोखिमलाई ध्यान दिँदै स्वास्थ्यसम्बन्धी तयारीसमेत अघि बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार बाढीपछिको सम्भावित हैजा तथा अन्य विपद्जन्य महामारी र रोगको रोकथामका लागि आवश्यक औषधिसहित स्वास्थ्य जनशक्तिको व्यवस्था गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न सम्बन्धित निकाय परिचालन गरिएको जनाइएको छ ।

चिलिमे जलविद्युत् केन्द्रमा कार्यरत पाँच कर्मचारीको शव फेला परेपछि उनीहरूका परिवारजनलाई हस्तान्तरण गरिएको छ । बाढीबाट भएको ठूलो क्षतिपछि अहिले रसुवामा बेपत्ता तथा प्रभावितको खोजी, राहत वितरण, स्वास्थ्य सुरक्षा र क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४