Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हतुवागढीमा लोप हुँदै गएको भेडापालन पुनः प्रवद्र्धन, किसानलाई अनुदान र प्राविधिक सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३१ २०८३
  • 874
    SHARES

काठमाडौं । पछिल्लो समय क्रमशः लोप हुँदै गएको भेडापालन व्यवसायलाई संरक्षण तथा प्रवद्र्धन गर्न भोजपुरको हतुवागढी गाउँपालिकाले स्थानीय किसानलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेको छ। परम्परागत रूपमा हुँदै आएको भेडापालन व्यवसायलाई पुनः सक्रिय बनाउँदै स्थानीय किसानको आयआर्जन बढाउने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको हो।

भेडापालनमा किसानको आकर्षण घट्दै गएपछि व्यवसाय संरक्षणका लागि गाउँपालिकाले अनुदानको व्यवस्था गरेको हो। अनुदानसँगै किसानलाई आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ। यसबाट स्थानीयस्तरमा भेडापालन व्यवसायलाई पुनर्जीवन दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले वडा नं. ३ मा भेडापालन व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले रु. २ लाख ७० हजार अनुदान उपलब्ध गराएको छ। उक्त रकम ‘थुलुङ गाउँ कृषि तथा भेडापालन’ समूहलाई प्रदान गरिएको हो। समूहले भने कुल लागतको २५ प्रतिशत रकम आफ्नै तर्फबाट व्यहोर्ने गरी लागत साझेदारी गरेको छ।

अनुदान पाएपछि स्थानीय भेडापालक किसानहरू भेडापालन व्यवसायको संरक्षण तथा विस्तारमा थप उत्साहित भएका छन्। स्थानीय भेडापालक कृषक राजेश थुलुङले गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम हराउँदै गएको भेडापालन व्यवसायलाई निरन्तरता दिन प्रभावकारी भएको बताए।

उनका अनुसार गाउँपालिकाको सहयोगले किसानमा व्यवसायप्रति थप उत्साह र ऊर्जा थपिएको छ। अहिले वडा नं. ३ का १२ जना भेडापालक कृषक मिलेर समूह गठन गरी भेडापालन व्यवसायको संरक्षण र विस्तारमा जुटेका छन्। सामूहिक रूपमा व्यवसाय अघि बढाउँदा किसानलाई आवश्यक सहयोग तथा अनुभव आदानप्रदान गर्न सहज भएको उनको भनाइ छ।

कृषि विकास शाखा प्रमुख ज्योति देवानका अनुसार गाउँपालिकाले गत आर्थिक वर्षमा भेडापालन प्रवद्र्धनसम्बन्धी कार्यक्रमलाई परीक्षणका रूपमा सञ्चालन गरेको थियो। परीक्षणका क्रममा कार्यक्रमको परिणाम सकारात्मक देखिएपछि चालु आर्थिक वर्षमा बजेट वृद्धि गरी कार्यक्रमलाई निरन्तरता दिइएको हो।

गत वर्षको कार्यक्रमबाट उत्साहजनक नतिजा प्राप्त भएकाले चालु आर्थिक वर्षमा भेडापालन प्रवद्र्धनका लागि रु. ३ लाख बजेट विनियोजन गरिएको शाखा प्रमुख देवानले जानकारी दिइन्। गाउँपालिकाले आगामी दिनमा समेत किसानको आवश्यकता र कार्यक्रमको प्रभावका आधारमा सहयोगलाई थप व्यवस्थित बनाउने तयारी गरेको छ।

भेडापालनसँगै अन्य पशुपालन व्यवसायलाई पनि प्राथमिकतामा राखेर किसानको आयआर्जन वृद्धि गर्ने कार्यक्रम सञ्चालन भइरहेको हतुवागढी–३ का वडाध्यक्ष राजकुमार राईले बताए। उनका अनुसार किसानलाई एउटै व्यवसायमा मात्र निर्भर नराखी स्थानीय सम्भावनाअनुसार विभिन्न पशुपालन व्यवसायलाई समानान्तर रूपमा अघि बढाउने प्रयास भइरहेको छ।

वडाभित्र बाख्रापालन तथा बङ्गुरपालन व्यवसायमा संलग्न किसानलाई समेत आवश्यक सहयोग र प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेका छन्। स्थानीयस्तरमै पशुपालनको विस्तार गर्न सके किसानको आम्दानी बढ्नुका साथै रोजगारीका अवसर सिर्जना हुने वडा कार्यालयको अपेक्षा छ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीयस्तरमा पुस्तौँदेखि चल्दै आएका मौलिक तथा परम्परागत पेसाको संरक्षणसँगै किसानको जीवनस्तर सुधारलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए। परम्परागत ज्ञान, सीप र स्थानीय स्रोतसाधनलाई उपयोग गर्दै कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भरता बढाउने उद्देश्य रहेको उनको भनाइ छ।

अध्यक्ष राईका अनुसार स्थानीय उत्पादन र पशुपालनमा आधारित अर्थतन्त्र निर्माण गर्न प्रवद्र्धनात्मक कार्यक्रमलाई आगामी दिनमा थप व्यवस्थित र विस्तार गरिनेछ। स्थानीय किसानलाई उत्पादनसँग जोड्दै उनीहरूको आयआर्जन वृद्धि गर्ने तथा गाउँमै रोजगारीको वातावरण सिर्जना गर्ने गरी कार्यक्रमको क्षेत्र फराकिलो बनाउने गाउँपालिकाको लक्ष्य छ।

लोप हुँदै गएको भेडापालन व्यवसायलाई अनुदान, प्राविधिक सहयोग र सामूहिक प्रयासमार्फत पुनः विस्तार गर्न थालिएको यो पहलले स्थानीयस्तरमा परम्परागत पशुपालनको संरक्षणसँगै किसानको आम्दानी बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४