Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा पशुपतिमा स्वास्थ्य, खानेपानी र सुरक्षासहित ८ सय जनशक्ति परिचालन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २९ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य, खानेपानी, उद्धार तथा शान्तिसुरक्षाका लागि करिब ८ सय जनशक्ति परिचालन गरेको छ।

दर्शनार्थीको चापलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सोमबार बिहान २ बजेदेखि नै पशुपति मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको हो। दर्शनार्थीको सहज व्यवस्थापनसँगै सम्भावित स्वास्थ्य समस्या तथा सुरक्षा चुनौतीलाई ध्यानमा राखेर विभिन्न स्थानमा जनशक्ति र आवश्यक स्रोतसाधन परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल, बलम्बुबाट महिला चिकित्सकसहितको मेडिकल टोली खटाइएको छ। आकस्मिक स्वास्थ्य समस्या परेका दर्शनार्थीलाई तत्काल उपचार तथा आवश्यक परे अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ।

त्यस्तै, दर्शनार्थीका लागि खानेपानीको व्यवस्था गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट खानेपानी ट्यांकरसहितको टोली परिचालन गरिएको छ। उक्त टोली आइतबार रातिदेखि नै पशुपति क्षेत्रमा खटिएको जनाइएको छ।

तीजका अवसरमा पशुपति क्षेत्रमा दर्शनार्थीको अत्यधिक भीड हुने भएकाले सम्भावित दुर्घटना तथा जोखिमलाई ध्यानमा राख्दै उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको छ। पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको छ।

सुरक्षालाई थप प्रभावकारी बनाउन मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ। उनीहरूले भीडभाडमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि, चोरी तथा अन्य सुरक्षा चुनौतीमाथि सूक्ष्म निगरानी गर्नेछन्।

त्यसैगरी, पशुपति क्षेत्रअन्तर्गत तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी मन्दिर, विश्वरूपा मन्दिर र गौरीघाट लगायतका क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न गस्ती बढाइएको छ।

दर्शनार्थीको व्यवस्थापन, सुरक्षा निकायबीच समन्वय तथा आकस्मिक अवस्थाको तत्काल व्यवस्थापनका लागि पशुपति मन्दिर परिसरमै कमाण्ड पोस्ट स्थापना गरिएको छ। कमाण्ड पोस्टमार्फत आवश्यकताअनुसार सुरक्षाकर्मी, स्वास्थ्य टोली तथा उद्धार टोलीलाई परिचालन गर्ने व्यवस्था मिलाइएको छ।

हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि ठूलो सङ्ख्यामा महिला भक्तजन तथा दर्शनार्थी पुग्ने भएकाले सशस्त्र प्रहरीले सुरक्षा र व्यवस्थापनलाई प्राथमिकतामा राखेको हो।

तीजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सुरक्षा, स्वास्थ्य तथा सहज आवागमन सुनिश्चित गर्न एपीएफले सुरक्षा जनशक्तिसँगै स्वास्थ्यकर्मी, एम्बुलेन्स, खानेपानी तथा गोताखोरसहितको उद्धार टोली परिचालन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४