Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अग्रगामी मोर्चालाई गाउँ–गाउँसम्म विस्तार गर्ने राउतको घोषणा, अधिकारका लागि निर्णायक आन्दोलन आवश्यक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २७ २०८३
  • 684
    SHARES

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अग्रगामी मोर्चा अधिकार, आत्मसम्मान र स्वायत्तताको लडाइँका लागि निर्माण भएकाले यसलाई टिकाउँदै थप सशक्त बनाएर अघि बढाइने बताउनुभएको छ । उहाँले विगतका आन्दोलनहरू सम्झौतामै टुंगिँदा जनताका अपेक्षा पूर्ण रूपमा सम्बोधन हुन नसकेको दाबी गर्दै अब अधिकार प्राप्तिका लागि निर्णायक आन्दोलन आवश्यक रहेको बताउनुभयो ।

शनिबार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष राउतले मधेस आन्दोलन, जनयुद्धलगायत विगतका विभिन्न राजनीतिक आन्दोलनको चर्चा गर्नुभयो । ती आन्दोलनबाट महत्वपूर्ण उपलब्धि हासिल भए पनि आन्दोलनको उद्देश्य र जनताका अपेक्षा पूर्ण रूपमा पूरा हुन नसकेको उहाँको भनाइ थियो ।

राउतले विगतमा भएका आन्दोलनहरू सम्झौतामा टुंगिँदै गएकाले जनताको वास्तविक अधिकार स्थापित हुन नसकेको दाबी गर्नुभयो । उहाँले अबको आन्दोलनलाई निर्णायक बनाउन विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र तथा समुदायबीच बलियो एकता आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार अग्रगामी मोर्चा केवल राजनीतिक दलका शीर्ष नेताहरूबीचको सहकार्यमा सीमित रहने छैन । मोर्चालाई गाउँ–गाउँ र वडा–वडासम्म विस्तार गर्दै जनताको तहसम्म पुर्‍याउने योजना रहेको उहाँले बताउनुभयो । संगठन बलियो नभएसम्म जनताको अधिकारका लागि प्रभावकारी रूपमा संघर्ष गर्न नसकिने उहाँको भनाइ थियो ।

अध्यक्ष राउतले एकताको महत्व बुझाउन पाँचवटा औँला एक ठाउँमा मिल्दा मुठ्ठी बन्ने उदाहरणसमेत दिनुभयो । विभिन्न राजनीतिक धार, जाति, समुदाय र क्षेत्रका मानिसहरू एकताबद्ध भए मात्रै अधिकार प्राप्तिको संघर्ष बलियो बन्ने उहाँले बताउनुभयो ।

उहाँले अग्रगामी मोर्चा कुनै सरकार गिराउने वा नयाँ सरकार बनाउने उद्देश्यले मात्र गठन नभएको स्पष्ट पार्नुभयो । मोर्चाको मुख्य उद्देश्य जनताको अधिकार, आत्मसम्मान र विगतका आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्नु रहेको उहाँको दाबी थियो ।

संघीयता, स्वायत्तता र समानुपातिक समावेशिताजस्ता उपलब्धि समेत कमजोर बन्न सक्ने खतरा रहेको भन्दै राउतले त्यसको संरक्षणका लागि राजनीतिक रूपमा संगठित हुनुपर्नेमा जोड दिनुभयो । प्राप्त उपलब्धि आफैँ सुरक्षित नहुने भन्दै उहाँले जनतालाई अधिकारका विषयमा सचेत र संगठित हुन आग्रह गर्नुभयो ।

राउतले वर्तमान सरकार मधेसका जनताका आधारभूत सवाल सम्बोधन गर्न असफल भएको आरोप पनि लगाउनुभयो । विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, वैदेशिक रोजगारी तथा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको सम्मान र सुरक्षाका विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको उहाँको आरोप थियो ।

मधेसका जनताले लामो समयदेखि विभिन्न समस्या भोग्दै आए पनि राज्यबाट अपेक्षित रूपमा समाधान हुन नसकेको राउतले बताउनुभयो । सरकारको आलोचना गर्दै उहाँले आफ्ना अधिकारका लागि मधेसका जनता आफैँ निर्णायक भूमिकामा आउनुपर्ने धारणा राख्नुभयो ।

यसैगरी, विगतमा मधेसका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका ठूला राजनीतिक दलहरूले अपेक्षाअनुसार काम नगरेको आरोप पनि राउतले लगाउनुभयो । चुनाव तथा राजनीतिक गतिविधिका क्रममा मधेसका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा पर्याप्त काम नभएको उहाँको भनाइ थियो ।

मधेसका समस्या समाधान गर्ने जिम्मेवारी अन्ततः मधेसकेन्द्रित राजनीतिक दलहरूकै भएको बताउँदै राउतले अन्य दलबाट अधिकार प्राप्त हुने आशामा मात्र निर्भर नहुन मधेसका जनतालाई आग्रह गर्नुभयो । आफ्ना अधिकारका लागि मधेसका राजनीतिक शक्ति र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

अग्रगामी मोर्चामा विभिन्न राजनीतिक धार, विगतका आन्दोलनका अनुभव तथा विभिन्न नेतृत्वलाई समेटिएको उल्लेख गर्दै राउतले मोर्चा लामो समयसम्म टिक्ने दाबी गर्नुभयो । फरक–फरक विचार र राजनीतिक पृष्ठभूमिका शक्तिहरूलाई साझा मुद्दामा एकताबद्ध गरेर अघि बढ्ने उहाँको भनाइ थियो ।

राउतले अधिकार, आत्मसम्मान र स्वायत्तताको सवाललाई केन्द्रमा राखेर मोर्चाको गतिविधि अघि बढाइने बताउनुभयो । उहाँले संगठन विस्तारसँगै जनताका वास्तविक समस्या पहिचान गरी त्यसका लागि राजनीतिक तथा सामाजिक दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

उनले मधेसलगायत उत्पीडित समुदायका अधिकारका सवालमा अब निर्णायक ढंगले अघि बढ्नुपर्ने धारणा राख्दै अधिकार प्राप्तिको अभियानलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अग्रगामी मोर्चालाई जनताको तहसम्म पुर्‍याएर संगठित शक्ति निर्माण गर्ने र प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि संघर्ष गर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४