Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिनियाँ राष्ट्रपति सी जिनपिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०८३
  • 342
    SHARES

एजेन्सी। चीनका राष्ट्रपति सी जिनपिङ यहि सेप्टेम्बर १२ तारिखदेखि नयाँ दिल्लीमा आयोजना हुने १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जानुहुने भएकाे छ।

भारतीय गणतन्त्रका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति जिनपिङ यहि सेप्टेम्बर १२ देखि १३ तारिखसम्म नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनु चिनियाँ विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी गराएकाे हाे । सन् २०१९ मा चेन्नईनजिकैको मामल्लापुरममा प्रधानमन्त्री मोदीसँग भएको अनौपचारिक शिखर सम्मेलनपछि राष्ट्रपति जिनपिङको यो ७ वर्षपछिको पहिलो भारत भ्रमण हुने भएकाे छ ।

राष्ट्रपति जिनपिङको यो भ्रमण कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको हाे। भ्रमणले भारत र चीनबीचको सम्बन्ध स्थिर बनाउने जारी प्रयासका साथै ब्रिक्सभित्रको सहकार्यमा समेत दूरगामी प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ । ब्रिक्स शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग द्विपक्षीय वार्ता गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, ब्रिक्स शिखर सम्मेलनलाई लक्षित गर्दै दिल्ली प्रहरीले करिब १५ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको हाे। साेही सम्मेलनमा सहभागी हुने विदेशी राष्ट्र तथा सरकार प्रमुखको सुरक्षा र नयाँ दिल्लीका प्रमुख क्षेत्रको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्न लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४