Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २५ २०८३
  • 437
    SHARES

काठमाडौं। उत्कृष्ट पुनरागमन गर्दै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा फाइनलमा पुगेको छ ।

अन्नपूर्ण स्पाइकरले बिहीबार सगरमाथा स्म्यासर्समाथि ३–१ को सेटमा जित निकालेपछि लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

कुल ६ वटा फ्रेन्चाइज टोली सहभागी एनभिएलको लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान थियो । अन्नपूर्ण स्पाइकरले लिगचरणको अन्तिम खेलमा उत्कृष्ट पुनरागमन जित निकाल्यो । जितसँगै अन्नपूर्ण स्पाइकरले पाँच खेलबाट चार जित निकाल्दै १२ अंक जोड्यो ।

यो नतिजापछि प्लेअफ पुग्ने दुई टोलीको पनि टुङ्गो लाग्यो । सिंगल राउन्ड रोबिनका आधारमा जारी एनभिएलको लिग चरणमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलका लागि प्लेअफ खेल्नेछन् । कर्णाली शिवराज र काठमाडौं रेड्सले दोस्रो र स्थानमा स्थान तय गर्दै प्लेअफ सम्भावना बनाएको हो ।

पराजित सगरमाथा स्म्यासर्सको भने प्लेअफ सम्भावना समाप्त भयो । लिगको पाँच खेलबाट सगरमाथा स्म्यासर्स ७ अंकसहित चौथो स्थानमा छ । पहिलो सेटमा जित निकाले पनि सगरमाथा स्म्यासर्सले सदुपयोग गर्न नसक्दा लिगबाट बाहिरिन बाध्य भयो । पहिलो सेट अन्नपूर्ण स्पाइकरले २५–२१ ले गुमाउन पुग्यो । तर, त्यसपछि अन्नपूर्ण स्पाइकरले उत्कृष्ट लय समात्यो । तीन मंगोलियन खेलाडीले चँम्किएपछि अन्नपूर्ण स्पाइकरले लगातार तेस्रो सेट आफ्नो बनायो । अन्नपूर्ण स्पाइकरले दोस्रो सेट २५–२३ ले आफ्नो बनाउँदै पुनरागमनको संकेत ग¥यो । यसपछि पुनरामगन गरेको अन्नपूर्ण स्पाइकर पूर्ण रूपमा हाबी भयो ।

तेस्रो सेटमा सुरुदेखि हाबी अन्नपूर्ण स्पाइकरको पक्षमा एकपक्षीय रह्यो । यो सेट २५–१४ ले सहजै आफ्नो बनाउँदै गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकरले सेटमा अग्रता बनायो । अन्नपूर्ण स्पाइकरले चौथो सेट पनि २५–२० ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागनम जित रच्यो । अन्नपूर्ण स्पाइकरको जितमा इन्ख इर्डेने म्यान अफ दी म्याच भए । बिहीबार दोस्रो खेलमा मधेश वारियर्स र कर्णाली सिवराज बिच प्रतिस्पर्धा हुँदै छ । केडिया ग्रुपद्वारा आयोजित एनभिएलको पहिलो सिजनमा कुल ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेताले २० लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४