Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा र नुवाकोटसहित ३६ जिल्ला आज पनि आकस्मिक बाढीको जोखिममा (सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २४ २०८३
  • 323
    SHARES

काठमाडौं । रसुवा र नुवाकोटसहित देशका ३६ जिल्लामा बुधबार आकस्मिक बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार भारी वर्षाको सम्भावनासँगै विभिन्न नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ।

महाशाखाले बुधबार देशका विभिन्न पहाडी तथा हिमाली जिल्लाबाट बग्ने साना तथा ठूला नदी र खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ। विशेषगरी केही स्थानमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, डोटी र डडेल्धुरा तथा आसपासका जिल्लाबाट बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण नदी तथा खोलाको जलस्तर छोटो समयमा नै बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

महाशाखाले नदी तथा खोला किनार, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न तथा वर्षाको समयमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षा भएको अवस्थामा साना खोलासमेत एक्कासी बढ्न सक्ने भएकाले स्थानीयवासीले सम्भावित जोखिमलाई ध्यानमा राख्नुपर्नेछ।

सम्भावित बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई समेत आवश्यक तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४