Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानको आणविक कार्यक्रममाथि दबाब थप बढाउने अमेरिका र बेलायतसहित ४ देशकाे तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २१ २०८३
  • 380
    SHARES

एजेन्सी। अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाब थप बढाउने तयारी गरेका छन् ।

४ देशले राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को बोर्ड अफ गभर्नर्स समक्ष इरानले आणविक अप्रसार सम्बन्धी आफ्ना कानूनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पठाउने प्रस्ताव अघि बढाउने तयारी गरेका हुन् । प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आईएईए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भइनसकेको एएफपीले जनाएको छ।

प्रस्तावमा आईएईएका महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित गरिएका सम्बन्धित प्रस्तावहरू आईएईएका सबै सदस्य राष्ट्रसँगै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र महासभासम्म पुर्‍याउन आग्रह गरिएको हाे। प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनीतिक समाधान खोज्नुपर्नेमा समेत जोड दिइएको छ।

साथै, सबै पक्षलाई वार्तामा रचनात्मक रूपमा सहभागी हुन आह्वान गरिएको हाे। सन् २०२५ मा अमेरिका र इजरायलले इरानका आणविक स्थलमा आक्रमण गरेपछि इरानले प्रभावित आणविक स्थलमा आईएईएका निरीक्षकलाई प्रवेश दिएको छैन । आईएईएले निरीक्षकलाई प्रवेश नदिइनु तथा आणविक सामग्रीको अवस्थाकाे बारेमा पुष्टि हुन नसक्नुले आणविक प्रसारको जोखिम बढाएको चेतावनी दिएकाे हाे। आईएईएले साेही विषयमा तत्काल ध्यान दिन आवश्यक रहेको बताउँदै आएको छ।

आईएईएले इरानसँग ४ सय ४० दशमलव ९ किलोग्राम युरेनियमको भण्डार रहेकाे जनाएकाे हाे । जसलाई ६० प्रतिशतसम्म शुद्धतामा समृद्ध पारिएको छ। आणविक हतियार निर्माणका लागि सामान्यतया करिब ९० प्रतिशत शुद्धता भएको युरेनियम आवश्यक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४