Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विवादपछि मोरङ कारागारका १९ कैदीबन्दी स्थानान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २० २०८३
  • 779
    SHARES

काठमाडौं । जिल्ला कारागार मोरङका १९ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ। कैदीबन्दीबीच विवाद भएपछि उनीहरूलाई झापा, झुम्का र वीरगन्ज कारागारमा सारिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार १९ जना कैदीबन्दीमध्ये केहीलाई झापा कारागार, केहीलाई झुम्का कारागार र केहीलाई वीरगन्ज कारागार पठाइएको छ।

मिश्रका अनुसार उनीहरूलाई यसअघि नै स्थानान्तरण गर्ने सूची तयार पारिएको थियो। तर कारागारभित्रबाट आवश्यक सहयोग नहुँदा तत्काल स्थानान्तरण गर्न सकिएको थिएन।

“यसअघि नै १९ कैदीबन्दीलाई स्थानान्तरण गर्ने सूची तयार भएको थियो। त्यसबेला भित्रबाट सहयोग भएन। अहिले कैदीबन्दीबीच नै विवाद भएपछि स्थानान्तरण गर्न सहज भएकाे बताउनुभयाे ।

केही दिनअघि प्रहरी कारागारभित्र प्रवेश गरेको विषयलाई लिएर कैदीबन्दीले प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४