Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल खेलकुद पत्रकार मञ्चले आज स्पोर्टस अवार्ड गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १८ २०८३
  • 855
    SHARES

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२ बिहीबार हुँदैछ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा बिहीबार दिउँसो ३ बजेदेखि शुरु हुने अवार्डको २३औं संस्करणमा ९ विधा समावेश गरिएकाे हाे। यसपटक पनि वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एशियन स्पोर्टस जर्नालिस्ट अवार्ड प्रदान गरिने भएकाे छ।

पिपल्स च्वाइससहित पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स ९एमएमए० का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ रहेका छन् । मनोनयनमा परेका खेलाडीलाई डिजिटल वालेट खल्ती बाई आईएमई, एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड र पल्सर नेपालको फेसबुक पेजबाट मत दिन सकिने व्यवस्था थियो । अहिले भोटिङ बन्द भइसकेको छ ।

यता, वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजालीमगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका हुन् । वर्ष उत्कृष्ट महिला खेलाडीका लागि करातेका एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी साबित्रा भण्डारी मनोनित भएका छन् ।

त्यसैगरी, वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषा कुमारी बोहोरा, चेसका पुरुषोत्तम सिलवाल तथा क्रिकेटका रौनक श्रीवास्तव अटाएका छन् । मञ्चले वर्ष प्रशिक्षक बन्ने दौडमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेट स्टुआर्ट ल तथा नेत्रहीन महिला क्रिकेटका पुरनसिंह खत्री रहेका हुन् ।

पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवा विधाका विजेताले पल्सर मोटरसाइकल पाउने भएका छन् । मञ्चले अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने भएकाे जनाएकाे हाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४