Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा बाढीको आज सातौं दिन: खोज, उद्धार तथा राहत वितरण कार्य जारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०८३
  • 1.1K
    SHARES

काठमाडाैं। रसुवाको भोटेकोशी नदीमा आएकाे बाढीको सातौं दिन मंगलबार पनि खोज, उद्धार तथा राहत वितरणको कार्य जारी रहेकाे छ।

रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै सफलता मिलिसकेको छैन । पाँच सय भन्दा बढी सुरुङमा फसेको आशङ्कामा गरिएकाे छ। बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजार भन्दा बढीको उद्धार भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार ११ हजार ३ सय ७९ जनाको उद्धार भएको हो । ३ हजार ९ सय २५ व्यक्ति सम्पर्कविहीन रहेका छन् ।

सबै भन्दा बढी जलविद्युत आयोजनाबाट ६ सय ३९ जना सम्पर्कविहीन भएका प्राधिकरणले जनाएको हाे। अहिलेसम्म ९ सय ३९ जनाको शव भेटिएको छ । रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ६८, तनहुँमा ३८ र चितवनमा २ सय ७९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको हाे।

खोज तथा उद्धारमा २ हजार १ हजार भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । सरकारले खोज, उद्धार तथा राहत वितरणको काम भइरहेकाे बताए पनि प्रभावकारी हुन नसकेको भन्दै पीडितले गुनासो गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४