Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापामा पाँच लाख नागरिकलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०८३
  • 1.4K
    SHARES

काठमाडौँ । झापामा जापानिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को सङ्क्रमणबाट छ जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाउँदै जिल्लामा बृहत् खोप अभियान सञ्चालन गर्ने तयारी थालेको छ ।

झापामा पछिल्लो समय जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण तथा मृत्युदर उच्च देखिएपछि सरकारले झापाबाटै खोप अभियान सुरु गर्न लागेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार अभियान भदौको अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासका अनुसार अभियानअन्तर्गत जिल्लाका ३० वर्षभन्दा माथिका करिब पाँच लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । त्यसका लागि आवश्यक खोपको भण्डारण, व्यवस्थापन तथा वितरणको तयारी तीव्र पारिएको उहाँले जानकारी दिनुभयो ।

सामान्यतया जापानिज इन्सेफ्लाइटिसबाट १५ वर्षमुनिका बालबालिका बढी प्रभावित हुने मानिन्छ । तर झापामा पछिल्लो समय यसको अवस्था केही फरक देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा विशेषगरी ५० वर्षभन्दा माथिका दीर्घरोगीमा सङ्क्रमण तथा मृत्युदर बढी देखिएको प्रमुख दासले बताउनुभयो ।

१२ जनामा सङ्क्रमण, ६ जनाको मृत्यु

स्वास्थ्य कार्यालयका अनुसार गत असार र साउन महिनामा झापाभर १२ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये हालसम्म छ जनाको मृत्यु भएको छ ।

त्यस्तै, चार जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने दुई जना अझै अस्पतालमा उपचाररत छन् ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ की ५७ वर्षीया महिला, बाह्रदशी गाउँपालिका–३ का ६९ वर्षीय पुरुष, मेचीनगर नगरपालिका–१४ की ५४ वर्षीया महिला, मेचीनगर नगरपालिका–८ की ६६ वर्षीया महिला, बिर्तामोड नगरपालिका–२ का ७३ वर्षीय पुरुष र अर्जुनधारा नगरपालिका–१० की ७३ वर्षीया महिला रहेका छन् ।

एकै जिल्लामा सङ्क्रमितमध्ये आधाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयले रोग नियन्त्रण तथा रोकथामका लागि विशेष सतर्कता अपनाएको हो ।

लामखुट्टेको टोकाइबाट सर्ने रोग

जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सङ्क्रामक रोग हो । धानखेत, फोहर तथा हिलो भएको स्थानमा पाइने लामखुट्टेले सुँगुर, हाँस, कुखुरा तथा बकुल्लाजस्ता पशुपन्छीबाट भाइरस लिएर मानिसमा सार्ने गर्छ ।

सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि भाइरस शरीरमा प्रवेश गर्न सक्छ । कतिपय सङ्क्रमितमा सामान्य लक्षण देखिए पनि गम्भीर अवस्थामा मस्तिष्कमा असर पार्ने भएकाले यो रोगलाई स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छ ।

सरसफाइ र लामखुट्टेको टोकाइबाट बच्न आग्रह

जापानिज इन्सेफ्लाइटिसको जोखिम कम गर्न स्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । घर वरिपरि पानी जम्न नदिने, फोहर तथा हिलो व्यवस्थापन गर्ने र व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिन कार्यालयले अनुरोध गरेको छ ।

स्वास्थ्य कार्यालयले रोगसम्बन्धी जोखिमबारे नागरिकलाई जानकारी गराउन जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

स्वास्थ्य अधिकारीहरूले रोगको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन तथा स्वास्थ्यसम्बन्धी असामान्य लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

झापामा सङ्क्रमण र मृत्युदर बढेपछि सरकारले ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी ठूलो स्तरमा खोप अभियान सञ्चालन गर्न लागेको हो । करिब पाँच लाख नागरिकलाई खोप लगाउने तयारीसँगै रोग नियन्त्रणका लागि खोप, सरसफाइ र जनचेतनालाई एकसाथ अघि बढाउने योजना बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४