Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ स्पोर्ट्स अवार्ड’ को ४ विधाका मनोनयन सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०८३
  • 2K
    SHARES

काठमाडाैं । नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ स्पोर्ट्स अवार्ड’ २०८२ को ४ विधाका मनोनयन सार्वजनिक भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आइतबार वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान ५ मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन् ।

वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा करातेकी एरिका गुरुङ, सविना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका हुन् । वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषा कुमारी बोहोरा तथा चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव समावेश परेका छन् ।

वर्ष प्रशिक्षकको मनोनयमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरन सिंह खत्री परेका हुन् । यसैबीच अयोजकले यस पटकको अवार्ड बाढी पीडितलाई समर्पित गर्ने बताएको छ । छनोट समितिका सदस्य निरञ्जन राजवंशीले देशमा आएको विनाशकारी बाढीको समयमा अवार्डलाई ठूलो उत्सवका रूपमा नमाउने र मानवीय क्षतिमा समवेदना व्यक्त गर्दै आयोजना गर्न लागेको बताएका छन् ।

यस पटक पनि ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित हुने भएका हुन् । यसमध्ये पिपल्स च्वाइस विधाको मनोनयनमा फुटबलकी पूजा राना, भलिबलकी मीना सुनार, करातेकी सानुमाया थिङ, मिक्स मार्सल आट्र्सका रवीन्द्र ढाँट र क्रिकेटका शेर मल्ल छन् । अन्य विधा लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल र एशियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा त्यही दिन गरिने भएकाे हाे।

२३औं संस्करणको अवार्ड यहि भदौ १८ गते काठमाडाैंको प्रदर्शनीमार्गमा रहेको नेपाल पुलिस क्लबमा आयोजना हुने भएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४