Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १४ २०८३
  • 893
    SHARES

काठमाडौं । नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेष बनेका भवनमा अनधिकृत रूपमा प्रवेश गरी आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ ।

आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले उद्धारको नाममा क्षतिग्रस्त घर तथा भवनमा अनधिकृत रूपमा प्रवेश गर्न नपाइने बताएका हुन् । उनका अनुसार प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवनभित्र खोज तथा तलासी गर्न पाइनेछ ।

विपद्को फाइदा उठाउँदै कानूनले वर्जित गरेका गतिविधि गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको उनको भनाइ छ । उनले आपराधिक मनसाय भएका व्यक्ति भग्नावशेष तथा खण्डहर भवनमा प्रवेश गरेको देखिए तत्काल प्रहरीलाई खबर गर्न समेत सबैमा आग्रह गरेको छ ।

उनले विपद्का सम्बन्धमा गलत तथा मिथ्या सूचना फैलाउने गतिविधिमाथि समेत प्रहरीले निगरानी गरिरहेको बताए । मिथ्या सूचना फैलाएको पाइए कानूनबमोजिम कारबाही गरिने उनले बताए । उनले राहत सामग्री वितरणका नाममा भइरहेका गतिविधिलाई समेत एकद्वार प्रणालीअनुसार सञ्चालन गर्न आग्रह गरे ।

उनले भने, ‘बाढीबाट भग्नावशेष तथा खण्डहर भवनहरू जुन रहेका छन्, ती भवनहरूमा अनावश्यक रूपमा, अनाधिकृत रूपमा छिर्न कानुनद्वारा वर्जित छ । रेस्क्युको नाममा गलत गतिविधि गर्न पाइँदैन, कानुन उल्लङ्घन गर्न पाइँदैन । त्यस्ता आपराधिक मनसायका व्यक्तिहरू पनि त्यहाँ छिरे प्रहरीलाई खबर गर्न समेत नागरिकलाई आग्रह गरिएको छ । प्रहरीको उपस्थितिमा मात्र घर तथा भवनभित्र खोज तलासी हुनेछ । विपद्को फाइदा उठाएर नाजायज गतिविधि गर्ने, कानुन उल्लङ्घन गर्ने व्यक्तिहरू प्रति नेपाल प्रहरीले कडा निगरानी गरिरहेको छ ।

गलत सूचनाहरू दिने, मिथ्या सूचनाहरू दिने कुराहरूमा पनि नेपाल प्रहरीले गम्भीर भएर मोनिटरिङ गरिरहेको छ । त्यस्ता गतिविधिमा कोही संलग्न भएमा कानून बमोजिम कारबाही गरिने नै छ । राहत सामग्रीहरू वितरणको नाममा विभिन्न किसिमको कामहरू पनि भइरहेका छन् । नेपाल सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिसकेको र त्यो अनुसारको कार्यविधि समेत भएको कारणले त्यसलाई चाहिँ फलो गर्नुपर्छ । त्यसको लागि आफ्नो राहतहरू स्थानीय निकायमा गएर त्यहाँको स्थानीय सरकारलाई, जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्र राहत वितरण गरौँ ।’

सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिसकेकाले स्थानीय तह र जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्रै राहत वितरण गर्न समेत प्रवक्ता काफ्लेले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४