Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १४ २०८३
  • 1.6K
    SHARES

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसँग आइतबार प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको जानकारी गराएको प्राधिकरणले जनाएको छ।

भेटका क्रममा युएई एडको टोलीले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री तथा उपकरणबारे प्राधिकरणसँग जानकारी लिएको थियो। त्यस क्रममा प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्रीको प्राथमिकताबारे टोलीलाई जानकारी गराउनुभएको थियो।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइका सामग्री, हाइजिन सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधासहितका पोर्टेबल बत्ती, पोर्टेबल जेनेरेटर, सोलार प्यानल, स्याटेलाइट फोन र वाकीटकी लगायतका सामग्री आवश्यक छन्।

भेटमा प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकता सम्बन्धमा विस्तृत जानकारी गराएको थियो। त्यसपछि युएईको टोलीले प्राधिकरणले पहिचान गरेका आवश्यकता तथा प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको जनाएको कार्यकारी प्रमुख उप्रेतीले बताउनुभयो।

बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा सडक तथा पुलमा क्षति पुगेको, सञ्चार सम्पर्कमा समस्या देखिएको र कतिपय स्थानमा विद्युत् तथा अन्य आधारभूत सेवा प्रभावित भएको अवस्थामा युएईबाट प्रस्ताव गरिएको सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

विशेषगरी दुर्गम तथा प्रभावित क्षेत्रमा अस्थायी आवागमन व्यवस्था, खानेपानी शुद्धीकरण, सरसफाइ, ऊर्जा तथा सञ्चारका साधन तत्काल आवश्यक रहेकाले युएईको सहयोगबाट उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

भेटमा युएई एडका अन्तर्राष्ट्रिय सहायता निर्देशक डा. अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी तथा मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायतको सहभागिता थियो।

नेपालमा आएको विपद्पछि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायले उद्धार तथा राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन्। युएईको पछिल्लो सहयोग प्रस्ताव पनि यही मानवीय सहायता प्रयासको महत्वपूर्ण हिस्सा भएको प्राधिकरणले जनाएको छ।

नेपाल र युएईबीच लामो समयदेखि मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहँदै आएको छ। दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोग लगायतका विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुटिरहेका बेला युएईले १० मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने तयारी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४