Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशीमा बाढी आएपछि त्रिशूलीमा आधा घण्टामै ३ मिटरसम्म जलसतह बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १४ २०८३
  • 912
    SHARES

काठमाडौं । भोटेकोशी नदीमा आइतबार बिहान आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह असामान्य रूपमा बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार गल्छीस्थित त्रिशूलीमा आधा घण्टामै करिब ३ मिटरसम्म जलसतह बढेको हो।

महाशाखाले जिल्ला प्रहरी कार्यालय रसुवाबाट आइतबार बिहान करिब ४ बजेतिर भोटेकोशी नदीमा बाढी आएको सूचना प्राप्त भएको जनाएको छ। त्यसपछि बाढीको प्रभाव त्रिशूली नदीमा समेत देखिएको हो।

महाशाखाका अनुसार आइतबार बिहान ६ः१० बजेसम्म गल्छीस्थित त्रिशूलीमा छोटो अवधिमै जलसतह करिब ३ मिटरसम्म बढेको पाइएको छ। नदीमा एक्कासि जलसतह बढेपछि तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।

भोटेकोशीमा आएको बाढीको कारणबारे भने अहिलेसम्म आधिकारिक विवरण प्राप्त भइसकेको छैन। सामान्य वर्षाका कारण मात्र नभई कुनै स्थानमा बनेको कृत्रिम तालमा पहिरो खसेर त्यसको पानी एक्कासि बाहिरिएको हुन सक्ने आशंका बाढी पूर्वानुमान महाशाखाले गरेको छ।

कृत्रिम ताल फुटेको वा पहिरोका कारण पानीको ठूलो मात्रा एकैपटक नदीमा मिसिएको अवस्थामा तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले त्रिशूली तथा अन्य नदीको जलसतहमा आएको परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई नदीको बहाव बढेको अवस्थामा सुरक्षित स्थानतर्फ जान र जोखिमपूर्ण स्थानमा नबस्न आग्रह गरिएको छ।

यसअघि पनि भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति पुगेको थियो। त्यसकारण पछिल्लो बाढीको सूचना आएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय तथा स्थानीय प्रशासनले निगरानी बढाएका छन्।

महाशाखाले बाढीसम्बन्धी आधिकारिक सूचना प्राप्त नभएसम्म हल्लाको पछि नलाग्न र सम्बन्धित सरकारी निकायबाट जारी हुने सूचना तथा चेतावनीलाई आधार मानेर आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४