Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोसी बाढी प्रभावितका लागि प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १३ २०८३
  • 285
    SHARES

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढीका कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बैंकले ७ लाख रुपैयाँ बराबरका विभिन्न खाद्यान्न सामग्री समेत सहयोग गरेको जनाएको छ। आर्थिक सहयोगसँगै खाद्यान्न सामग्री उपलब्ध गराएर प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न बैंकले योगदान गरेको हो।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। सहयोग रकम हस्तान्तरण गर्दै बैंकले प्राकृतिक विपद्का कारण जनधनको क्षति व्यहोरेका नागरिकप्रति सहानुभूति व्यक्त गरेको जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति तथा मानवीय दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापनाका लागि समेत सहयोग आवश्यक पर्ने भएकाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बैंकको भनाइ छ।

प्राइम कमर्सियल बैंकले यसअघि पनि विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिक तथा समुदायका लागि राहत, उद्धार र पुनर्स्थापनाका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। बैंकले विपद्का समयमा सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको दाबी गरेको छ।

बाढीबाट प्रभावित क्षेत्रमा घर, सडक, पुल, व्यवसाय तथा अन्य भौतिक संरचनामा क्षति पुगेका कारण स्थानीय नागरिकको जनजीवन प्रभावित बनेको छ। यस्तो अवस्थामा राहत तथा पुनर्स्थापनाका लागि सरकारी कोषसँगै निजी क्षेत्र तथा विभिन्न सामाजिक संस्थाको सहयोग पनि महत्त्वपूर्ण हुने देखिन्छ।

बैंकले आगामी दिनमा पनि प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, आवश्यकता र परिस्थितिअनुसार प्रभावित समुदायका लागि थप सहयोग गर्न बैंक तयार रहेको जनाएको छ।

प्राकृतिक विपद्का बेला निजी क्षेत्रबाट हुने यस्ता सहयोगले तत्कालीन राहत व्यवस्थापनसँगै प्रभावित नागरिकको पुनर्स्थापना प्रक्रियामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४