Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहले दिए एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०८३
  • 855
    SHARES

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन् ।

आज बेलुका सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई र्दिएका हुन् । प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराएकामा फाइटर ढाँटलाई धन्यवादसमेत दिए ।

“नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु युएफसी सिजन–५’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकामा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद”, प्रधानमन्त्री शाहले भनेका छन् ।

उनले अगाडि लेखेका छन्, “उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो । सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ । मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्नेगरी हामी निरन्तर काम गरिरहेका छौँ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४