Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०८३
  • 855
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय सङ्कटपछि सिर्जित अवस्थालाई संयमतापूर्वक व्यवस्थापन गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताएकी छन् ।

अकल्पनीय विपद्ले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले यस्तो पीडाको सामना गर्दै उद्धार र पुनःस्थापनामा खटिन सबैलाई एकजुट हुन आह्वान गरेकी छन् ।

उद्धारको पर्खाइमा रहेका व्यक्ति तथा परिवारलाई उद्धार तथा राहत प्रदान गर्ने, विस्थापित परिवारलाई स्थापित गर्ने, त्रासमा रहेका नागरिकलाई भयमुक्त बनाउनेलगायत मानवीय सहयोगमा जुट्न कार्यवाहक प्रमुख डङ्गोलले आग्रह गरिन् ।

सङ्कट व्यवस्थापनमा महानगरपालिका आफ्ना दायित्वप्रति जिम्मेवार रहेको उल्लेख गर्दै उनले तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, निजी क्षेत्र र आमनागरिकलाई एकीकृत रूपमा परिचालन हुन आग्रह गरिन् ।

“यो दुःखलाई केबल समाचारका रूपमा मात्र हेरेर बस्ने होइन । हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । त्यसैले आफूले जे सकिन्छ, जहाँबाट जसरी सकिन्छ उद्धार, राहत सामग्री, यातायात वा स्वास्थ्य सेवामार्फत सहयोग गर्न म हार्दिक अपिल गर्दछु”, डङ्गोलले भनिन ।

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्दै उनले भूगोलले छुट्टिएको भए पनि मानवताको नाताले सबै नेपाली एक हुनुपर्नेमा जोड दिइन् । कामपा बाढी प्रभावित नागरिकहरूको दुःखबाट उकास्ने कामका लागि प्रतिबद्ध रहेको जनाउँदै उनले जीवन बचाउने र आशा जगाउने कार्यमा सबैलाई हातेमालो गर्न आह्वान गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४