काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको छ। चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्यमा सामान्य गिरावट आएको हो।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन।
महासङ्घका अनुसार पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको हो। स्थानीय बजारमा दैनिक रूपमा सुनचाँदीको मूल्यमा परिवर्तन हुँदै आएको छ।