Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा बाढीका कारण ओखलढुंगाका २१ जना सम्पर्कविहीन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०८३
  • 1.5K
    SHARES

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि ओखलढुंगाका २१ जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये एक जना भने सकुशल परिवारको सम्पर्कमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार चम्पादेवी गाउँपालिका–२ नवलपुरका २३ वर्षीय अबिश्वर सुनुवार सकुशल सम्पर्कमा आएका हुन्। उनी रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज आसपास मेसिन चलाउने काम गर्दै आएका थिए। बाढीपछि परिवारसँग सम्पर्क हुन नसकेका सुनुवार पछि सकुशल रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

तर, ओखलढुंगाका अन्य २१ जना भने अझै सम्पर्कविहीन छन्। उनीहरू विभिन्न गाउँपालिका तथा सिद्धिचरण नगरपालिकाका बासिन्दा हुन्। सम्पर्कविहीन हुनेमध्ये अधिकांश रसुवा क्षेत्रमा ट्रेकिङ, पर्यटक गाडी तथा बस सञ्चालन, मजदुरी र जलविद्युत् आयोजनामा काम गर्दै आएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खिजीदेम्बा गाउँपालिकाबाट मात्रै ८ जना सम्पर्कविहीन छन्। उनीहरूमा खिजीदेम्बा–५ चुप्लुभन्ज्याङका ५२ वर्षीय ट्रेकिङ गाइड सोनाम टासी शेर्पा, खिजीदेम्बा–५ जर्बुटेका ४० वर्षीय ट्रेकिङ गाइड संगम श्रेष्ठ, खिजीदेम्बा–६ साल्मेका ३६ वर्षीय ट्रेकिङ गाइड देवराज सुनुवार र खिजीदेम्बा–९ लट्टेबारीका ३२ वर्षीय ट्रेकिङ गाइड गेली शेर्पा रहेका छन्।

त्यसैगरी खिजीदेम्बा–९ की ३६ वर्षीया छोटी शेर्पा, खिजीदेम्बा–८ भुस्पातेकी ३२ वर्षीया माया शेर्पा, खिजीदेम्बा–६ माइती भई विवाह गरेर रसुवाको टिमुरे गएकी ३५ वर्षीया कांडी शेर्पा र खिजीदेम्बा–२ का ४५ वर्षीय ट्रेकिङ गाइड लप्साङ शेर्पा पनि सम्पर्कविहीन रहेका छन्।

चिशंखुगढी गाउँपालिकाका चार जना पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। चिशंखुगढी–५ का २६ वर्षीय खेमबहादुर रावत कन्टेनर ट्रक लिएर रसुवा भन्सार गएका थिए। सोही वडाकी २८ वर्षीया सुभद्रा न्यौपाने रसुवाको टिमुरेस्थित सानिमा बैंकमा कार्यरत थिइन्।

त्यस्तै, चिशंखुगढी–६ भदौरेका ३२ वर्षीय मेचनकुमार मगर, जसलाई सबिन मगर भनेर समेत चिनिन्छ, पर्यटक गाडी चालकका रूपमा काम गर्दै आएका थिए। चिशंखुगढी–३ बाट काठमाडौं बसाइँ सरेका विकास भट्टराई पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

लिखु गाउँपालिकाका तीन जना पनि बाढीपछि सम्पर्कमा आएका छैनन्। लिखु–७ बेडारीटोलका ४२ वर्षीय पर्यटक बस चालक मिलन बेडारी, लिखु–२ कुवापानीका ४२ वर्षीय त्रिशूली हाइड्रोपावरमा कार्यरत खिलबहादुर बुढाथोकी र लिखु–७ खत्रीटोलका ४८ वर्षीय पर्यटक बस चालक रमेश खत्री भनेर चिनिने प्रेम पौडेल सम्पर्कविहीन रहेका छन्।

सिद्धिचरण नगरपालिकाका दुई जना पनि सम्पर्कविहीन छन्। सिद्धिचरण–७ बिगुटारका ३० वर्षीय पेमजाङ्बु शेर्पा काठमाडौंस्थित कैलाश ट्रेकिङमार्फत रसुवा गएका थिए। सिद्धिचरण–१ का ५६ वर्षीय कुलबहादुर थापामगर ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका थिए।

मोलुङ गाउँपालिका–२ का दुई जना पनि बाढीपछि सम्पर्कविहीन छन्। २१ वर्षीय सुमन दाहाल पर्यटक पुर्‍याउन रसुवा गएका थिए भने २८ वर्षीय मोनि दाहाल त्रिशूली हाइड्रोपावरमा काम गर्दै आएका थिए।

त्यसैगरी मानेभञ्ज्याङ गाउँपालिका–१ का ३० वर्षीय दिनेश राई पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनी रसुवा क्षेत्रमा मजदुरी काम गर्दै आएका थिए। चम्पादेवी गाउँपालिका–६ बाट बारा बसाइँ सरेका चक्रबहादुर खड्का पनि बाढीपछि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिएका छन्।

बाढीका कारण रसुवा क्षेत्रमा ठूलो क्षति भएको छ। भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न स्थानमा रहेका नेपाली नागरिक तथा कामदारहरू सम्पर्कविहीन भएपछि उनीहरूका परिवार चिन्तित बनेका छन्।

प्रहरीले सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे जानकारी संकलन तथा खोजी कार्य भइरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्कमा समेत समस्या रहेकाले सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४