Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ११ २०८३
  • 1K
    SHARES

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम प्रदान गरेको हो। भदौ १० गते बिहान आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएपछि प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले बैंकले आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले ३ करोड १ लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो। सहयोग ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले बाढीपीडितका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा नेपाल बैंक परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा सञ्चालक समितिका सदस्य लम्सालले बैंकले दैवी तथा प्राकृतिक विपद्, महाभूकम्प, महामारीलगायत राष्ट्रिय संकटका समयमा निरन्तर आर्थिक सहयोग गर्दै आएको बताउनुभयो। सोही निरन्तरताअन्तर्गत यसपटक रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गरिएको उहाँले जानकारी दिनुभयो।

बैंकले आगामी दिनमा पनि राष्ट्रिय विपद्का समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यसैबीच, बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का तथा सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४