Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा बाढी प्रभावितलाई सहयोग गर्न निजी क्षेत्रको अपिल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ११ २०८३
  • 456
    SHARES

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले रसुवा बाढीप्रभावितलाई सहयोग गर्न अपिल गरेको छ । सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गरेर बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिले नेपाल उद्योग परिसङ्घलाई स्तब्ध बनाएको जनाएको छ ।

परिसङ्घले विपत्तिको समयमा प्रभावित नागरिकहरूलाई अत्यावश्यक राहत सामग्री उपलब्ध, पुनर्निमाण तथा आवश्यक कार्य गर्न गराउन परिसङ्घले डिजास्टर रेस्पोन्स कमिटी स्थापना गरी राहत सामाग्री सङ्कलन तथा हस्तान्तरणको काम अगाडि बढाइएको बताइएको छ । यस कठिन समयमा सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनःस्थापनाको काममा सक्दो योगदान गर्न सम्पूर्ण सदस्य संस्थाहरू, उद्यमी व्यवसायी एवं व्यावसायिक सङ्घ संस्थाहरू सङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)ले पनि बुधबारको दिन भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय एवं अपूरणीय जनधनको क्षतिले स्तब्ध भएको जनाएको छ ।

सिबिफिनले आज एक प्रेस विज्ञप्ति जारी गरेर विपद्ले बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार, मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

प्रभावित क्षेत्रका जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य कर्जा तथा लगानी रहेकाले यसको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने जनाएको छ ।

प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक प्रबन्ध गरिरहेका गरिरहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४