काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार बजारमा तरकारी, फलफूल, हरियो सागसब्जी तथा अन्य कृषिउपजको मूल्य वस्तु र गुणस्तरअनुसार फरक–फरक रहेको छ।
तरकारीतर्फ गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ९० रुपैयाँ र भारतीय १०० रुपैयाँ पुगेको छ। गोलभेँडा सानो लोकल ५० रुपैयाँ तथा टनेलको ७३ रुपैयाँ अधिकतम थोक मूल्य तोकिएको छ।
आलुतर्फ रातो लाम्चो आलु प्रतिकिलो ५१ रुपैयाँ, रातो गोलो ५३ रुपैयाँ, रातो मुडे ५३ रुपैयाँ, भारतीय रातो आलु ४० रुपैयाँ र सेतो आलु ३८ रुपैयाँ अधिकतम मूल्य कायम गरिएको छ। भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ।
त्यस्तै, गाजर लोकल १२० रुपैयाँ, तराईको गाजर ८० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ र स्थानीय काउली ११० रुपैयाँ प्रतिकिलोसम्म बिक्रीका लागि थोक मूल्य निर्धारण गरिएको छ। रातो मूला ३० रुपैयाँ र सेतो मूला ३५ रुपैयाँसम्म पुगेको छ। लाम्चो भन्टा ४० रुपैयाँ तथा डल्लो भन्टा ६० रुपैयाँ अधिकतम मूल्यमा कारोबार हुने समितिले जनाएको छ।
हरियो तरकारीतर्फ बोडीको अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ, मकै बोडी १२० रुपैयाँ, लोकल तथा हाइब्रिड घिउ सिमी १०० रुपैयाँ र टाटे सिमी ८० रुपैयाँ रहेको छ। भटमासकोशा १३० रुपैयाँ, तितो करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ तथा परवर ८० रुपैयाँसम्म रहेको छ।
सागसब्जीतर्फ रायोको साग प्रतिकिलो १५० रुपैयाँ र पालुङ्गो साग २५० रुपैयाँसम्म पुगेको छ। तोरीको साग १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँसम्मको अधिकतम थोक मूल्य कायम गरिएको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो ३०० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँसम्म रहेको छ। कुरीलो ५०० रुपैयाँ र जिरीको साग पनि ५०० रुपैयाँसम्म पुगेको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा दर्जनको ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ र कागती ३०० रुपैयाँसम्म रहेको छ। अनार ३०० रुपैयाँ, मालदह आँप २८० रुपैयाँ र चोसा आँप २५० रुपैयाँसम्मको अधिकतम थोक मूल्य निर्धारण गरिएको छ।
तरबुजा प्रतिकिलो ६० रुपैयाँ, जुनार २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, लोकल काक्रो ५० रुपैयाँ तथा लोकल नासपाती ९० रुपैयाँसम्म रहेको छ। चाइनिज नासपातीको अधिकतम मूल्य प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ।
यस्तै, नेपाली मेवा प्रतिकिलो ८० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ, किवी ४०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ तथा ड्रागन फ्रुट ५०० रुपैयाँसम्म रहेको छ।
मसला तथा अन्य वस्तुतर्फ अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो धनियाँ ५०० रुपैयाँ तथा चाइनिज सुकेको लसुन २३० रुपैयाँसम्म पुगेको छ।
समितिले निर्धारण गरेको मूल्य थोक बजारको अधिकतम मूल्य हो। खुद्रा बजारमा भने ढुवानी, पसल सञ्चालन खर्च तथा अन्य कारणले मूल्य फरक हुन सक्नेछ।