Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किसानका लागि अनुदानमा आएको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोप तीन पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ६ २०८३
  • 399
    SHARES

काठमाडौं । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ बजारमा रहेका दुईवटा कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया मल रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

किसानका लागि सरकारले तोकेको कोटाअनुसार बागलुङमै बिक्री गर्नुपर्ने अनुदानको मल अन्य जिल्लामा पठाएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–६ का दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्य रहेका छन्।

प्रहरीका अनुसार जिल्लामा किसानका लागि वितरण गर्नुपर्ने अनुदानको युरिया मल बागलुङबाट बाहिर पठाइएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सो क्रममा दुई कृषि सामग्री पसलबाट खरिद गरिएको मल रात्रिबसबाट वीरगञ्ज पठाइएको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

सरकारले किसानलाई सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको अनुदानको मल तोकिएको क्षेत्र र कोटाअनुसार मात्र बिक्री तथा वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। तर किसानका लागि आएको मल अन्यत्र पठाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा बढी मूल्यमा बिक्री गर्ने गतिविधिले किसान प्रत्यक्ष रूपमा प्रभावित हुने भन्दै प्रहरीले त्यस्ता कार्यमाथि निगरानी बढाएको जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले अनुदानको मल दुरुपयोग, अवैध रूपमा ओसारपसार तथा कालोबजारीमा संलग्न अन्य व्यक्तिहरूको समेत संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानबाट थप तथ्य तथा संलग्न व्यक्तिहरू खुल्न सक्ने प्रहरीको भनाइ छ।

किसानका लागि छुट्याइएको मल तोकिएको स्थानमा सहज रूपमा उपलब्ध गराउन तथा अनुदानको दुरुपयोग रोक्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४