Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३ २०८३
  • 551
    SHARES

काठमाडाैं । नेकपा (एमाले)का सांसद यज्ञबहादुर बोगटीले जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले अछाममा जंगली बँदेलको आक्रमणमा परि पटक–पटक नागरिक घाइते भइरहेकाच घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकार गम्भीर नबनेको बताउनु भयो ।

जंगली बँदेलले किसानको बालीनालीमा क्षति पु¥याउने मात्र नभई मानिसको ज्यान लिनेसम्मका घटना भइरहेकाले तत्काल रोकथामका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद बोगटीले बुधवार बिहान मात्रै बँदेलको आक्रमणमा परी अछाममा थप पाँच जना घाइते भएको समेत उल्लेख गर्नुभयो । बाँदर र बँदेलले खेतीबाली नष्ट गरिदिँदा किसानहरु हैरान भएको तथा विस्थापित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो सदनमा हामीले जंगली जनावरहरुले किसानको खेती नष्ट गरेर हैरान बनाएको कुरा उठाइरहेका छौँ । तर पनि यस विषयमा सरकार गम्भीर बनेको छैन । आज त ती जंगली जनावरले बालिनालीमात्र होइन मान्छेको ज्यान लिनेसम्मका घटना भइरहेका छन् ।

यसको रोकथामको निम्ति म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’ उहाँले जंगली जनावरको आतंक नियन्त्रको लागि तत्काल काममा जुट्न समेत सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४