Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २८ २०८३
  • 1.4K
    SHARES

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले विभिन्न मिति र स्थानबाट चोरी भएका ५० थान दुईपाङ्ग्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

कार्यालयले खोजतलास तथा अनुसन्धानका क्रममा फेला पारेका ३० थान मोटरसाइकल र २० थान स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । बरामद गरिएका सवारीसाधन एक कार्यक्रमबीच धनीलाई हस्तान्तरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले प्रहरीको सक्रिय खोजतलासका क्रममा फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

विभिन्न स्थानबाट दुईपाङ्ग्रे सवारीसाधन चोरी हुने क्रम बढिरहेको भन्दै प्रहरीले सवारीधनीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सवारीसाधन पार्किङ गर्दा सुरक्षित तथा व्यवस्थित स्थान छनोट गर्न र सवारीसाधनलाई लक गरेर मात्र छाड्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै, सवारीसाधनसँग सम्बन्धित आवश्यक कागजात सुरक्षित राख्न तथा अपरिचित व्यक्तिलाई सवारीसाधनका कागजात वा अन्य संवेदनशील विवरण नदिनसमेत प्रहरीले सुझाव दिएको छ ।

प्रहरीका अनुसार सवारीसाधन चोरी भएको थाहा पाउनेबित्तिकै सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराउँदा खोजतलास तथा अनुसन्धानमा सहयोग पुग्नेछ । प्रहरीले उपत्यकामा हुने सवारीसाधन चोरी नियन्त्रणका लागि नियमित रूपमा खोजतलास तथा निगरानीलाई प्रभावकारी बनाउँदै आएको जनाएको छ ।

चोरी भएका सवारीसाधन बरामद गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिनुले सवारीसाधन चोरी नियन्त्रण तथा अनुसन्धानमा प्रहरीको सक्रियता देखिएको छ । प्रहरीले आगामी दिनमा समेत चोरी भएका सवारीसाधनको खोजतलासलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४