Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २८ २०८३
  • 779
    SHARES

काठमाडौं । कृषि विकास कार्यालय, तनहुँले जिल्लामा सुन्तला उत्पादन बढाउने उद्देश्यले कृषकलाई आवश्यक कृषि सामग्री खरिद तथा बगैँचा विस्तारका लागि अनुदान उपलब्ध गराएको छ। आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले सुन्तला बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत ५ हेक्टर क्षेत्रफलका लागि ५ लाख ६९ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको हो।

कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार उक्त आर्थिक वर्षमा सुन्तला बगैँचा स्थापना तथा विस्तार कार्यक्रमका लागि ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सोही कार्यक्रममार्फत कृषकलाई आवश्यक सामग्रीमा अनुदान प्रदान गरिएको हो।

अनुदान कार्यक्रम सञ्चालन भएपछि जिल्लाका विभिन्न क्षेत्रमा ६ सय ३९ रोपनी क्षेत्रफलमा नयाँ सुन्तला बगैँचा विस्तार हुने भएको छ। कार्यक्रमबाट सात वटा सहकारी तथा कृषक समूहमा आबद्ध १ सय २९ जना कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

नयाँ बगैँचामा रोपिएका सुन्तलाका बिरुवाले उत्पादन दिन थालेपछि आगामी चार वर्षपछि वार्षिक करिब २ सय मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको कार्यालयले जनाएको छ। नयाँ बगैँचा विस्तारसँगै जिल्लाको सुन्तला उत्पादन हुने क्षेत्रफल बढ्नुका साथै स्थानीय कृषकको आम्दानीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

कार्यालयका अनुसार सुन्तला खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले नयाँ बगैँचा स्थापना तथा विस्तारसँगै पुराना बगैँचाको सुदृढीकरण कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ।

यसैअन्तर्गत कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमका लागि ५० हेक्टर क्षेत्रफलमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। विनियोजित बजेटमध्ये २८ लाख ९९ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा यसअघि नै स्थापना भएका १ हजार ७ सय ७७ रोपनी क्षेत्रफलका सुन्तला बगैँचालाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन आवश्यक सामग्रीमा अनुदान प्रदान गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए।

पुराना बगैँचामा आवश्यक सुधार, व्यवस्थापन तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषकलाई प्रोत्साहन गरिएको कार्यालयको भनाइ छ। नयाँ बगैँचा विस्तार र पुराना बगैँचाको सुदृढीकरणलाई एकसाथ अघि बढाउँदा आगामी वर्षमा तनहुँको सुन्तला उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

सुन्तला खेती विस्तारबाट जिल्लाको कृषि उत्पादन बढ्नुका साथै कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न, रोजगारी सिर्जना गर्न र स्थानीयस्तरमै आयआर्जनको अवसर बढाउन समेत सहयोग पुग्ने कृषि विकास कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४