Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावी परिणाम र युवा नेतृत्वको क्याबिनेटले मात्रै सपना पूरा हुँदैन, सरकारले काम गर्नुपर्छ : सभापति लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २७ २०८३
  • 551
    SHARES

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी परिणाम र युवा नेतृत्वको मन्त्रिपरिषद्ले मात्रै मुलुकको वर्षौंदेखिको सपना पूरा नहने भन्दै त्यसका लागि सरकारले परिणाममुखी काम गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले सरकार गठन भएको चार महिना बित्दा समेत सडकको आवाज कम नहुँदा सरकारलाई परिणाम दिनुपर्ने चुनौती थपिएको समेत बताउनु भयो ।

यद्यपि समाजमा धैर्यताको कमी हुँदै गएको कारण तत्काल परिणाम खोज्ने प्रवृत्तिले छिट्टै निराश हुने अवस्था सिर्जना गरेको उहाँको भनाइ छ । लामिछानेले माइतीघरमा अझै पनि भीड देखिएको उल्लेख गर्दै यस्तो अवस्था निराशाको कारण हो वा नागरिक बानी परिसकेका हुन् ? भन्ने कुरा छुट्याउन कठिन भएको तर्क समेत गर्नुभयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उमेर समूहको मात्र नभई युवा पुस्ताको विचारको प्रतिनिधित्व होस् भन्ने कुरामा सचेत रहेको पनि बताउनुभयो । उहाँले नागरिकमा छिटो पवरिणाम खोज्ने परिपाटी कायम रह्यो भने विकल्प खोज्नुको विकल्प नरहने समेत बताउनुभयो । आफूहरु विकल्पन खोज्न नभई विकल्पन बन्न भएको समेत उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘अहिले नेतृत्वमा युवाहरु हुनुहुन्छ, युवा गतिविधि बढेका छन् । तर आवाज त्यति धेरै घटेको हामी सुन्दैनौँ । कनकी यसलाई परिणाममा बल्दने चुनौती हामीसँग छ । चुनावको नतिजाले मात्रै, पार्लियामेन्टको संख्याले मात्रै र क्याबिनेटको युवा नेतृत्वले मात्र हामीले वषौदेखि देखेको सपना पूरा हुँदैन, त्यसका लागि हामीले काम गर्नुपर्ने हुन्छ । एउटा कुरा सत्य हो की अहलिे संसारभरी धैर्यताको कमी छ । हामी सायद यस्तै समाजमा हुर्किएका छौँ कि हामीमा पनि धैर्यताको कमी चाँही देखिएको छ । हामीलाई लामा कुराहरु पढ्ने, लामा कुराहरु सुन्ने, अलिकति समय लिएर व्याख्या गरिएका कुराहरुमा अलिकति चासो दिने, त्यो स्वभाव घट्दै गएको कारणले गर्दा खेरि पनि हामीलाई परिणाम अत्यन्त छिटो चाहिएको छ ।

छिटो परिणाम खोज्दा छिट्टै निराश भइने समाजमा पो हामी छौँ कि भन्ने मलाई लाग्छ । किनभने हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ तर आवाजहरु उस्तै देखिन्छन् । म माइतीघरमा अझै पनि भिडभाड देखिरहेको छु । आशा मरेर हो कि बानी परेर हो ? मैले छुट्याउन सक्या छैन । बानी परेको पो हो कि भन्ने कुराले चिन्ता लागेको छ । यदि हामीले निराश हुने बानी पारेका हौँ भने त कसैले पनि हामीलाई तृप्त गर्न सक्दैन ।

कसले तृप्त पार्ने हो र ? चार महिनाको अवधिमा देशमा उस्तै आवाज अझ ठूलो आवाज भएन र सकिएन भन्ने आवाज आउन थाल्दा खेरि त कसरी सकिएला र ?’ उहाँले बिना अनुभवको राजनीतिले केही हुनसक्दैन भन्ने भाष्य सिर्जना भएको भन्दै उहाँले उक्त भाष्यले मुलुकको हित हुन नसक्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४