Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेस केन्द्रिय कार्यसमिति बैठकः १५ औं महाधिवेशनको तयारी र सरकारको समीक्षा मुख्य एजेण्डा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २४ २०८३
  • 608
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। बैठकमा आगामी १५औँ महाधिवेशनको तयारी, वर्तमान सरकारको १०० दिनको कार्यसम्पादन समीक्षा, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीको सांगठनिक अवस्थालगायत विषयमा छलफल हुने भएको छ।

बैठकको प्रारम्भमा महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनको तयारी, सरकारको १०० दिने समीक्षा र पछिल्लो राजनीतिक अवस्थासहित विभिन्न एजेण्डा प्रस्तुत गर्नुभएको थियो।

कांग्रेसको आगामी महाधिवेशनलाई बैठकको मुख्य एजेण्डाका रूपमा राखिएको छ। महाधिवेशन समयमै सम्पन्न गर्न आवश्यक तयारी, प्रक्रिया तथा सांगठनिक व्यवस्थापनका विषयमा केन्द्रीय कार्यसमितिमा व्यापक छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको छ।

महाधिवेशनको तयारीका क्रममा आवश्यक नियमावली र निर्वाचन निर्देशिकाका विषयमा पनि बैठकमा छलफल हुनेछ। त्यसैगरी क्रियाशील सदस्यताको अद्यावधिक, नयाँ सदस्यता वितरणको प्रक्रिया तथा महाधिवेशन तयारी समिति गठन गर्ने विषयलाई समेत बैठकको कार्यसूचीमा समेटिएको छ।

महामन्त्री पौडेलका अनुसार विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूका प्रतिवेदनमाथि समेत बैठकमा संक्षिप्त छलफल हुनेछ। यसअघि केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने कार्यसूची पनि रहेको छ।

सरकारको १०० दिनको समीक्षा

बैठकमा वर्तमान सरकारको १०० दिनको कार्यसम्पादनबारे पनि समीक्षा गरिने भएको छ। प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसले सरकारका कामकारबाहीको समीक्षा गर्दै आगामी दिनमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने विषयमा छलफल गर्नेछ।

महामन्त्री पौडेलले जनसरोकारका विषयमा पार्टीको धारणा थप स्पष्ट बनाउँदै सरकारका गतिविधिमाथि प्रभावकारी निगरानी र खबरदारी गर्ने गरी बैठकबाट ठोस निर्णय लिइने बताउनुभएको छ।

सरकारका उपलब्धि, कमजोरी तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा पार्टीले आफ्नो दृष्टिकोण स्पष्ट पार्ने र प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने कांग्रेसको तयारी छ।

तराई–मधेसका घटनाक्रममा कांग्रेसको चासो

बैठकमा तराई–मधेसमा पछिल्लो समय भएका घटनाक्रम र सामाजिक सद्भावको विषयलाई समेत प्राथमिकताका साथ छलफल गरिने भएको छ।

कांग्रेसले पछिल्ला घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाउँदै ती घटनाको समीक्षा गरेर आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक रणनीति तय गर्ने तयारी गरेको छ।

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न पार्टीका तर्फबाट आवश्यक पहल गर्ने र सम्बन्धित क्षेत्रका नागरिकमा विश्वासको वातावरण निर्माण गर्न भूमिका खेल्ने विषयमा समेत छलफल हुने बताइएको छ।

सदस्यता व्यवस्थापनदेखि अन्य दलबाट प्रवेश गरेकाको व्यवस्थापनसम्म

बैठकमा सांगठनिक विषयले पनि महत्वपूर्ण स्थान पाएको छ। क्रियाशील सदस्यता व्यवस्थापन, केन्द्रीय समितिका विभिन्न निर्णयको कार्यान्वयन, जनसम्पर्क समितिका समस्या तथा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका नेता–कार्यकर्ताको व्यवस्थापनका विषयमा आवश्यक निर्णय लिने तयारी गरिएको छ।

विशेषगरी क्रियाशील सदस्यताको अद्यावधिक र नयाँ सदस्यता वितरणलाई व्यवस्थित बनाउने विषयलाई महाधिवेशन तयारीसँग जोडेर अघि बढाउने कांग्रेसको योजना छ।

महाधिवेशनका लागि संगठनात्मक आधार तयार गर्न सदस्यता व्यवस्थापनलाई समयमै टुंगोमा पुर्‍याउनुपर्ने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।

१३ देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न

कांग्रेसको जनसम्पर्क समितिसम्बन्धी विषय पनि बैठकको एजेण्डामा समेटिएको छ। हालसम्म १३ वटा देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेको जानकारी बैठकमा प्रस्तुत गरिएको छ।

बाँकी देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने तथा नयाँ देशमा जनसम्पर्क समिति गठनका लागि स्वीकृति दिने प्रस्तावसमेत बैठकमा पेश गरिएको छ।

विदेशमा रहेका नेपाली कांग्रेसका समर्थक तथा शुभेच्छुकलाई संगठनसँग जोड्ने र जनसम्पर्क समितिलाई थप व्यवस्थित बनाउने विषयमा पनि बैठकले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रदेश सरकारको राजनीतिक अवस्थाबारे पनि छलफल

बैठकमा प्रदेश सरकारमा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ। विभिन्न प्रदेशमा बदलिँदै गएको सत्ता समीकरण, सरकार सञ्चालन तथा कांग्रेसको भूमिकाबारे केन्द्रीय कार्यसमितिले आवश्यक समीक्षा गर्नेछ।

प्रदेशमा कांग्रेसको सरकार रहेको ठाउँ तथा प्रतिपक्षको भूमिकामा रहेका प्रदेशमा पार्टीले कसरी प्रभावकारी रूपमा अघि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।

भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान र स्वीकृति

केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थासम्बन्धी विषय पनि प्रस्तुत गरिने भएको छ।

भ्रातृ तथा शुभेच्छुक संस्थाहरूका विधान, तिनको स्वीकृति तथा संगठनलाई थप व्यवस्थित बनाउने विषयमा आवश्यक निर्णय लिने तयारी गरिएको छ।

समग्रमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनलाई समयमै सम्पन्न गर्ने तयारीदेखि सरकारको कार्यसम्पादन समीक्षा, पार्टीको संगठन सुदृढीकरण, प्रदेश सरकारको राजनीतिक अवस्था, तराई–मधेसका घटनाक्रम, सामाजिक सद्भाव तथा विदेशस्थित जनसम्पर्क समितिका विषयसम्म व्यापक छलफल हुने भएको छ।

बैठकबाट आगामी दिनमा कांग्रेसले प्रमुख प्रतिपक्षी दलका रूपमा निर्वाह गर्ने भूमिका तथा पार्टीको आन्तरिक संगठनलाई थप व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४