Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २४ २०८३
  • 513
    SHARES

काठमाडौँ । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन् ।

कपिलवस्तु प्रहरीका अनुसार सिंहको शव आइतबार जिल्लाको गोरुसिंगे जंगलमा फेला परेको हो । कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले सिंह मृत अवस्थामा फेला परेको पुष्टि गर्नुभएको छ ।

६५ वर्षीय सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नै घरबाट बाहिरिनुभएको थियो । त्यसपछि उहाँ परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोजी सुरु गरिएको थियो ।

सिंहको खोजीका क्रममा उहाँले प्रयोग गर्ने गरेको मोटरसाइकल गोरुसिंगे जंगल क्षेत्रमा फेला परेको थियो । लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल जंगलमा फेला परेपछि प्रहरीले सिंहको सम्भावित स्थान पहिचान गरी खोजी अभियानलाई तीव्र बनाएको थियो ।

तालिमप्राप्त कुकुर परिचालन

बेपत्ता सिंहको खोजीका लागि प्रहरीले विभिन्न माध्यमबाट खोजी अभियान सञ्चालन गरेको थियो । खोजीका क्रममा गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।

प्रहरी तथा अन्य खोजी टोलीले जंगल क्षेत्रमा खोजीलाई निरन्तरता दिएपछि आइतबार सिंहको शव फेला परेको हो ।

सिंहको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनाको थप विवरण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

पूर्वमेयर सिंह नेपाली कांग्रेसमा आबद्ध रहेर स्थानीय राजनीतिमा सक्रिय रहनुभएको थियो । उहाँ कपिलवस्तु नगरपालिकाको पूर्वमेयरसमेत हुनुहुन्थ्यो ।

शुक्रबार घरबाट निस्किएपछि तीन दिनसम्म उहाँको अवस्था अज्ञात रहँदा परिवार, आफन्त तथा स्थानीयस्तरमा खोजी तीव्र पारिएको थियो । जंगल क्षेत्रमा मोटरसाइकल भेटिएपछि प्रहरीले खोजीलाई थप केन्द्रित गरेको थियो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४