Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले ग्यासको कालोबजारी रोक्न उपत्यकाका विभिन्न डिपोमा सादा पोशाकका प्रहरी खटायाे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २४ २०८३
  • 570
    SHARES

काठमाडौं । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोशाकका प्रहरी परिचालन गरिने भएको छ ।

गृह मन्त्रालय र उद्योग मन्त्रालयबीचको समन्वयमा ग्यासको आपूर्ति तथा बिक्री वितरणको अवस्थामाथि निगरानी बढाउन लागिएको हो । बजारमा ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई समस्यामा पारिरहेको सूचना तथा गुनासो प्राप्त भएपछि सरकारले अनुगमनलाई कडाइ गर्ने तयारी गरेको हो ।

उद्योगमन्त्री गौरी यादवले भारतबाट खाना पकाउने ग्यासको आयातमा कुनै समस्या नरहेको भए पनि बजारमा एकाएक अभाव देखिएको भन्दै यस विषयमा चासो लिनुभएको हो । मन्त्रालयमा उपभोक्ताबाट ग्यास नपाएको, लामो समयसम्म कुर्नुपरेको तथा बढी मूल्य तिर्नुपरेको लगायतका गुनासो तथा सूचनाहरू आउन थालेपछि सरकारले बजारको वास्तविक अवस्था बुझ्न निगरानी बढाउन लागेको हो ।

मन्त्री यादवले ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि बजारमा अभाव देखाएर कालोबजारी गर्ने तथा उपभोक्ताबाट तोकिएको भन्दा बढी मूल्य असुल्ने गतिविधि नियन्त्रण गर्न गृहमन्त्री सुदन गुरुङसँग प्रहरी परिचालन गरी अनुगमन गर्न आग्रह गर्नुभएको थियो ।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन निर्देशन दिनुभएको छ । आवश्यकताअनुसार सादा पोशाकका प्रहरी परिचालन गरी ग्यासको वास्तविक बिक्री वितरण, मौज्दात तथा उपभोक्तालाई बिक्री गरिएको मूल्यबारे निगरानी गर्न निर्देशन दिइएको हो ।

कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही

सरकारले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि निगरानी बढाउने जनाएको छ ।

अनुगमनका क्रममा कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सम्बन्धित व्यवसायी तथा दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने सरकारी तयारी छ ।

बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुँदाहुँदै पनि केही स्थानमा उपभोक्ताले ग्यास नपाउने अवस्था सिर्जना भए त्यसको कारण पहिचान गरी तत्काल समाधान गर्ने सरकारको तयारी छ ।

उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने दाबी

सरकारले उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण सुनिश्चित गर्न बजार अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

ग्यास डिपो तथा बिक्री केन्द्रमा हुने मौज्दात, बिक्री वितरण र मूल्यको अवस्थाबारे निगरानी बढाइनेछ । साथै, उपभोक्तालाई ग्यास बिक्री गर्दा तोकिएको मूल्यभन्दा बढी रकम असुल गर्ने, ग्यास लुकाएर राख्ने वा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमाथि विशेष निगरानी गरिनेछ ।

पछिल्लो समय ग्यासको अभाव देखिएपछि उपभोक्ताहरू लामो लाइनमा बस्नुपर्ने तथा खाना पकाउनसमेत समस्या हुने अवस्था सिर्जना भएको गुनासो आएको छ । यस्तो अवस्थामा सरकारले आपूर्ति प्रणालीमा वास्तविक समस्या हो वा कृत्रिम अभाव सिर्जना गरिएको हो भन्ने विषयमा समेत निगरानी बढाउन लागेको हो ।

सरकारले ग्यास आपूर्ति सहज रहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ । साथै, बजारमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४