Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २३ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट एक, मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट एक, रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटेपिपलबाट एक, सिद्धार्थनगर नगरपालिका–९ उदयपुरबाट एक र नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिप्रहवाबाट एक जनालाई पक्राउ गरिएको हो ।

यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चुच्चेखोलाबाट एक जना, पाल्पाको रामपुर नगरपालिका–७ मोवटी शीतलनगरबाट एक, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ झिगैबाट पाँच, झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट तीन, कन्काई नगरपालिका–४ कोटीहोमबाट एक, धनकुटाको पाख्रीबास नगरपालिका–५ माङमायाबाट दुई तथा बाराको महागढीमाई नगरपालिका–१० गोवास टोलबाट एक जनालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायत नियन्त्रित औषधि बरामद भएको छ । उनीहरू शुक्रबार र गत बिहीबार पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४