Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधान अभ्यासका आधारमा परिमार्जन गर्न आवश्यकः नेता आङदेम्बे


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २२ २०८३
  • 285
    SHARES

काठमाडाै । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडाैंमा शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै नेता आङदेम्बेले यस्ताे बताउनुभएकाे हाे। संविधानको पुनर्लेखन भन्दा पनि यसको कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ। नेता आङदेम्बेले संविधान कार्यान्वयनको १० वर्षमा आदिवासी जनजाति, महिला, दलित, मधेशी, अल्पसङ्ख्यक, मुस्लिम र थारु समुदायले भोग्नुपरेका अप्ठ्याराहरूलाई पहिचान गरी संशोधनमार्फत समाधान खोजिनुपर्ने बताउनुभयो ।

नेता आङदेम्बेले पछिल्लो समय लोकप्रियताका नाममा संविधानका विरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्त्याउन खोज्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएकाे छ। जिम्मेवार तहमा रहेका र नरहेका कतिपय व्यक्तिहरूले जनभावनासँग खेलेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको उहाँको आरोप छ । यस्ता पात्र र प्रवृत्तिहरूप्रति आदिवासी जनजाति समुदाय विशेष सचेत रहनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेता आङदेम्बेले भावनामा बहकिएर कसैको ‘इमोसनल ब्ल्याकमेल’ मा नपर्न समेत आग्रह गर्नुभएकाे छ। पहिचान र अधिकारको सुनिश्चितता लोकतन्त्र र लोकतान्त्रिक पार्टीबाट मात्र सम्भव हुने दावी गर्नुभयाे। उहाँले कांग्रेसले नै सबैको अस्तित्व र इतिहासलाई संस्थागत रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

नेता आङदेम्बेले लोकतन्त्रको रक्षाका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४