Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ककरोच जनाता पार्टीद्वारा राष्ट्रिय कार्यसमिति घोषणा गर्दै संगठन विस्तारको रोडम्याप पनि सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २२ २०८३
  • 380
    SHARES

एजेन्सी । भारतमा ककरोच जनता पार्टी (सीजेपी) ले राष्ट्रिय कार्यसमिति घोषणा गर्दै देशैभर संगठन विस्तारको रोडम्याप सार्वजनिक गरेको छ ।

पार्टीले प्रारम्भिक राष्ट्रिय नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको हाे । पार्टीका संस्थापक अभिजित दीपकेलाई राष्ट्रिय संयोजक नियुक्त गरिएको छ । त्यसैगरी आशुतोष रांका र सौरव दास लाई सह–संयोजकको जिम्मेवारी दिइएको छ । सीजेपीले बिहीबार राति सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय कार्यसमितिको घोषणा गरेको हो ।

घोषित कार्यसमिति अनुसार अजिक्य शिन्दे राष्ट्रिय संगठन प्रमुख, दीपक बालियान संगठन सह–प्रमुख, आफरिन नवाज राष्ट्रिय सचिव, विजय रेड्डी मल्लांगी सञ्चार प्रमुख, रत्ना सिंह कानुनी मामिला प्रमुख, वैष्णवी गौर अनुसन्धान तथा नीति प्रमुख, रोहन देशपाण्डे प्रविधि प्रमुख तथा योगेश इंगले वित्त प्रमुख नियुक्त भएका छन् ।

संगठनात्मक संरचनाअन्तर्गत पार्टीले चारवटा क्षेत्रीय प्रमुख समेत घोषणा गरेको हाे । उत्तर भारतको जिम्मेवारी दीपक बालियान, दक्षिण भारतको विजय रेड्डी मल्लांगी, पूर्वी तथा उत्तर–पूर्वी क्षेत्रको अंकित भारद्वाज र पश्चिम भारतको योगेश इंगलेलाई दिइएको छ ।

पार्टीले राष्ट्रिय कार्यसमितिका सबै पदाधिकारी ३५ वर्ष भन्दा कम उमेरका रहेकाे जनाएकाे हाे । सीजेपीले आगामी ६ महिनाभित्र देशभर प्रादेशिक समन्वय समिति, लोकसभा क्षेत्रस्तरीय एकाइ तथा नगरस्तरीय समन्वय समिति गठन गर्ने योजना सार्वजनिक गरेको छ ।

सीजेपीले सार्वजनिक गरेको सूची बाहेक अन्य कुनै पनि व्यक्तिलाई पार्टीको पदाधिकारी नियुक्त नगरिएको स्पष्ट पार्दै आधिकारिक जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४